ne_tw/bible/kt/exhort.md

2.9 KiB

उत्साह दिनु, उत्साह

परिभाषा:

कसैलाई सत्य र ठिक कुरा गर्नको लागि प्रोत्साहन दिने कामलाई “उत्साह दिनु” भनिन्छ । यस्तो प्रोत्साहनलाई “उत्साह” भनिन्छ ।

  • उत्साहको उद्धेश्य अर्को मानिसलाई पाप गर्न छोडी परमेश्‍वरको इच्छा पालना गर्न राजी गराउनु हो ।
  • नयाँ करारले ख्रीष्‍टियानहरूले एकअर्कालाई कडा र रूखो स्वरमा नभई प्रेमसाथ उत्साह दिने कुरामा शिक्षा दिन्छ ।

अनुवादका लागि सुझावहरूः

  • सन्‍दर्भमा निर्भर गर्दै, "उत्‍साह" लाई "कडा आग्रह" वा "मनाउनु" वा "सल्‍लाह" को रूपमा अनुवाद गर्न सकिन्‍छ।
  • यो शब्‍दको अनुवादले उत्‍साह दिने व्‍यक्‍ति रिसाएको संकेत गर्दैन भन्‍ने कुरा सुनिश्‍चित गर्नुहोस्। यस शब्‍दले बल र गम्‍भिरता व्‍यक्‍त गर्नुपर्छ, तर क्रोधित वाक्‍यांशको रूपमा हेर्नु हुदैन।
  • धेरै जसो सन्‍दर्भहरूमा, "उत्‍साह" शब्‍दलाई "प्रोत्‍साहन" भन्‍दा फरक रूपमा अनुवाद गरिनुपर्छ, जसको अर्थ कसैलाई प्रेरणा दिने, आश्‍वस्‍त पार्नु वा सान्‍त्‍वना दिनु हो।
  • सामान्‍यतया यो शब्‍दलाई "चेतावनि" भन्‍दा फरक रूपमा अनुवाद गरिनुपर्छ, जसको अर्थ कसैलाई उसको गलत व्‍यवहारको लागि सचेत गराउनु वा सच्‍याउनु हो।

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी २ः३-४
  • १ थेसलोनिकी २ः१२
  • १ तिमिथी ५ः२
  • लूका ३ः१८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G38670, G38700, G38740, G43890