ne_tw/bible/kt/evangelism.md

2.3 KiB

प्रचारक

परिभाषा:

येशू ख्रीष्‍टको बारेमा अरू मानिसलाई सुसमाचार सुनाउने मानिसलाई “प्रचारक” भनिन्छ ।

  • “प्रचारक” शब्दको शाब्दिक अर्थ “सुसमाचार सुनाउने व्‍यक्‍ति” हुन्छ ।
  • येशूले आफ्ना प्रेरितहरूलाई येशू र उहाँले अरूको पापको लागि गरेको बलिदानमा विश्‍वास गरी परमेश्‍वरको राज्यमा कसरी सहभागी हुने भन्‍ने कुराको सुसमाचार सुनाउनलाई पठाउनुभयो ।
  • सबै ख्रीष्‍टियानहरूलाई यो सुसमाचार सुनाउने आज्ञा छ ।
  • केही ख्रीष्‍टियानहरूलाई सुसमाचार सुनाउने विशेष वरदान दिइएको हुन्छ । यिनीहरूसँग सुसमाचार सुनाउने वरदान हुन्छ र यिनीहरूलाई “प्रचारकहरू” भनिन्छ ।

अनुवादका लागि सुझावहरूः

  • "प्रचारक" शब्‍दलाई "कोहि जसले सुसमाचार प्रचार गर्छ" वा "सुसमाचारको शिक्षक" वा "सुसमाचार (येशूको बारेमा) घोषणा गर्ने व्‍यक्‍ति" वा "सुसमाचार उद्घोषक" भनेर अनुवाद गर्न सकिन्‍छ।

हेर्नुहोस्ः सुसमाचार, आत्मा, बरदान

बाइबलका सन्दर्भहरूः

  • २ तिमिथी ४ः५
  • एफिसी ४ः११-१३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G20990