ne_tw/bible/kt/elect.md

6.7 KiB

चुनिएको जन, चुन्‍नु, चुनिएको जाति, चुनिएका जन, चुनिएकाहरू

परिभाषा:

शब्द “चुनिएकाहरू” ले शाब्‍दिक रूपमा “चुनिएका मानिसहरू” लाई जनाउँछ, र यसले ती मानिसहरूलाई उल्लेख गर्छ जसलाई परमेश्‍वरले उहाँको जाति हुनलाई नियुक्‍त गर्नुभयो वा छनोट गर्नुभयो । “चुनिएका जन” वा “परमेश्‍वरद्वारा चुनिएका जन” एउटा नाम हो जसले येशूलाई जनाउँछ जो चुनिएका मसीह हुनुहुन्छ ।

  • शब्द “चुन्‍नु” को अर्थ हुन्छः कुनै वस्तु वा व्यक्‍तिलाई रोज्नु वा कुनै वस्तुको निधो गर्नु । परमेश्‍वरको हुन र उहाँको सेवा गर्न उहाँद्वारा मानिसहरूलाई नियुक्‍त गर्ने अर्थमा यसलाई अक्सर प्रयोग गरिन्छ ।
  • “चुनिएको” शब्दको अर्थ केही गर्न वा केही हुन “छनोट गरिएको” वा “नियुक्‍त गरिएको” भन्‍ने हुन्छ ।
  • असल आत्मिक फल फलाऊन् भनेर परमेश्‍वरले मानिसहरूलाई पवित्र हुन चुन्‍नुभयो वा तिनीहरूलाई अलग गर्नुभयो । यसकारण, तिनीहरूलाई “चुनिएकाहरू” भनिन्छ ।
  • मोशा र राजा दाऊदजस्ता केही मानिसहरूलाई जनाउन बाइबलमा कहिले काहीँ पदावली “चुनिएको जन” को प्रयोग गरिएको छ । तिनीहरू परमेश्‍वरद्वारा उहाँको जातिमाथि अगुवाहरू हुन नियुक्‍त गरिएका थिए । परमेश्‍वरद्वारा चुनिएको जातिको रूपमा इस्राएल जातिलाई उल्लेख गर्न पनि यसलाई प्रयोग गरिएको छ ।
  • शब्द “चुनिएकाहरू” एउटा पुरानो शब्द हो जसको शाब्दिक अर्थ हुन्छः “चुनिएका जनहरू” वा “चुनिएका मानिसहरू ।” ख्रीष्‍टमा भएका विश्‍वासीहरूलाई उल्लेख गर्दा यो शब्दलाई मूल भाषामा बहुवचनमा प्रयोग गरिन्छ ।
  • बाइबलका पुराना अङ्ग्रेजी संस्करणहरूमा शब्द “चुनिएकाहरू” लाई “चुनिएका जनहरू” भन्‍ने पदावलीलाई अनुवाद गर्नको लागि पुरानो र नयाँ करार दुवैमा प्रयोग गरिएको छ । हालैका आधुनिक संस्करणहरूले येशूमा विश्‍वासद्वारा परमेश्‍वरद्वारा बचाइएका मानिसहरूलाई जनाउन “चुनिएकाहरू” लाई नयाँ करारमा मात्र प्रयोग गरेका छन् । बाइबलका अन्य पाठ्यांशहरूमा तिनीहरूले यसलाई अझै शाब्दिक रूपमा “चुनिएका जनहरू” को रूपमा अनुवाद गर्छन् ।

अनुवादका लागि सुझावहरूः

  • “चुनिएकाहरू” लाई “चुनिएका जनहरू” वा “चुनिएका मानिसहरू” भनी अनुवाद गर्नु उत्तम हुन्छ । यिनीहरूलाई “परमेश्‍वरद्वारा चुनिएका मानिसहरू” वा “आफ्नो जाति हुन परमेश्‍वरले नियुक्‍त गर्नुभएका जनहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • पदावली “जो चुनिएका थिए” लाई “जो नियुक्‍त गरिएका थिए” वा “जो छनोट गरिएका थिए” वा “जसलाई परमेश्‍वरले चुन्‍नुभयो” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “मैले तिमीलाई चुनेँ” लाई “मैले तिमीलाई नियुक्‍त गरेँ” वा “मैले तिमीलाई छनोट गरेँ” भनी अनुवाद गर्न सकिन्छ ।
  • येशूको सन्दर्भमा “चुनिएका जन” लाई “परमेश्‍वरका चुनिएका जन” वा “परमेश्‍वरद्वारा विशेष गरी नियुक्‍त मसीह” वा “परमेश्‍वरले नियुक्‍त गर्नुभएका जन” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • २ यूहन्‍ना १ः१
  • कलस्‍सी ३ः१२
  • एफिसि १ः३-४
  • यशैया ६५ः२२-२३
  • लूका १८ः७
  • मत्ति २४ः१९-२२
  • रोमि ८ः३३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0970, H0972, H0977, H1262, H1305, H4005, H6901, G01380, G01400, G15860, G15880, G15890, G19510, G37240, G44000, G44010, G47580, G48990, G55000