ne_tw/bible/kt/discipline.md

2.6 KiB

अनुशासन, आत्मानुशासन

परिभाषा:

मानिसहरूलाई नैतिक व्यवहारका लागि कुनै पनि निश्‍चित मार्ग निर्देशनहरू पालना गर्न तालिम दिनुलाई “अनुशासन” भनिन्छ ।

  • अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई आज्ञापालनको लागि नैतिक कुराहरू सिकाएर अनुशासनमा राख्छन् ।
  • यस्तै प्रकारले परमेश्‍वरले पनि आफ्ना सन्तानहरूले उनीहरूको जीवनमा आनन्द, प्रेम र धैर्य जस्ता स्वस्थ आत्मिक फलहरू फलाउन सकून् भनेर अनुशासनमा राख्‍नु हुन्छ ।
  • अनुशासनभित्र परमेश्‍वरलाई खुसी पार्ने तरिकाहरू र परमेश्‍वरको इच्छा विपरीत जानेहरूको लागि दिइने सजाय पनि पर्दछन् ।
  • आत्म-अनुशासन नैतिक र आत्मिक सिद्धान्तहरूलाई आफ्नै जीवनमा लागू गर्ने प्रक्रिया हो ।

अनुवादका लागि सुझावहरूः

  • सन्‍दर्भमा निर्भर गर्दै, "अनुशासन0 लाई "तालिम र निर्देशन" वा "नैतिक रूपमा मार्गदर्शन" वा "गलतको लागि दण्‍ड" को रूपमा अनुवाद गर्न सकिन्‍छ।
  • संज्ञा "अनुशासन" लाई "नैतिक प्रशिक्षण" वा "दण्‍ड" वा "नैतिक सुधार" वा "नैतिक मार्गदर्शन र निर्देशन" को रूपमा अनुवाद गर्न सकिन्‍छ।

बाइबलका सन्दर्भहरूः

  • एफिसी ६ः४
  • हिब्रू १२ः५
  • हितोपदेश १९ः१८
  • हितोपदेश २३ः१३-१४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4148, G14680