ne_tw/bible/kt/deacon.md

2.1 KiB

डिकन

परिभाषा:

डिकन सङ्गी विश्‍वासीहरूका व्यावहारिक आवश्यकताहरूमा सेवा पुर्‍याउने व्‍यक्‍ति हो, जस्तैः रुपियाँ पैसा सम्हाल्ने, आवश्यकतामा परेकाहरूको सेवा गर्ने आदि ।

  • “डिकन” शब्द ग्रिक भाषाबाट सिधै लिइएको हो, जसको अर्थ “दास” वा “सेवक” हुन्छ ।
  • आदि ख्रीष्‍टियानहरूको समयदेखि नै मण्डलीमा डिकनको भूमिका र सेवालाई राम्ररी परिभाषित गरिएको पाइन्छ ।
  • नयाँ करारमा डिकनहरूले विश्‍वासीहरूले दिएको खाना र पैसा विधवाहरूको बिचमा निष्पक्ष रूपले बाँड्नु पर्ने जिम्मा पाएको कुरालाई उदाहरणको रूपमा लिन सकिन्छ ।
  • “डिकन” शब्दलाई “मण्डलीको सेवक”, “मण्डलीमा काम गर्ने व्‍यक्‍ति”, “मण्डलीको दास”, वा स्थानीय विश्‍वासी समुदायको फाइदाको लागि औपचारिक रूपमा नियुक्त गरिएको व्‍यक्‍ति भनेर पनि अनुवाद गर्न सकिन्छ ।

हेर्नुहोसः सेवक, दास

बाइबलका सन्दर्भहरूः

  • १ तिमिथी ३ः१०
  • १ तिमिथी ३ः१३
  • फिलिप्‍पी १ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G12490