ne_tw/bible/kt/daughterofzion.md

2.8 KiB

सियोनकी छोरी

परिभाषा:

पदावली “सियोनकी छोरी” इस्राएलका मानिसहरूलाई उल्लेख गर्ने आलङ्कारिक तरिका हो । यसलाई साधारणतया भविष्यवाणीहरूमा प्रयोग गरिएको छ ।

  • पुरानो नियममा, "सियोन" प्रायः यरूशलेम शहरको अर्को नामको रूपमा प्रयोग गरिन्‍छ।
  • दुबै "सियोन" र "यरुशलेम"लाई इस्रायललाई बुझाउन पनि प्रयोग गरिन्‍छ।
  • "छोरी" स्‍नेह वा मायाको शब्‍द हो। यो धैर्य र हरेचाहको लागि एक रूपक हो जुन परमेश्‍वरले आफ्‍ना मानिसहरूको लागि राख्‍नुहुन्‍छ।

अनुवादका लागि सुझावहरूः

  • “सियोनबाट आएकी मेरी छोरी इस्राएल” लाई “सियोनका मानिसहरू जो मेरा लागि छोरीसरह छन्” वा “हे सियोन, मेरा प्रिय इस्राएल जाति” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “सियोन” शब्दलाई बाइबलमा धेरै पटक प्रयोग गरिएकोले यी अभिव्यक्‍तिहरूमा यसलाई जस्ताको तस्तै राख्‍नु राम्रो हुन्छ । यसको आलङ्कारिक अर्थ र भविष्यवाणीय प्रयोगलाई व्याख्या गर्नका लागि अनुवादमा टिपोटलाई समावेश गर्न सकिन्छ ।
  • छोरी” शब्दलाई सही किसिमले बुझिएसम्म यस अभिव्यक्‍तिको अनुवादमा यसलाई पनि जस्ताको तस्तै राख्‍नु राम्रो हुन्छ ।

हेर्नुहोस्ः यरुशलेम, अगमवक्ता, सियोन

बाइबलका सन्दर्भहरूः

  • यर्मिया ६ः२
  • यूहन्‍ना १२ः१५
  • मत्ति २१ः५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1323, H6726