ne_tw/bible/kt/curse.md

5.5 KiB
Raw Permalink Blame History

सराप दिनु, श्रापित, सराप दियाइ

परिभाषा:

“सराप दिनु” को अर्थ हुन्छ श्राप पाइरहेको व्यक्‍ति वा वस्तुमाथि नकारात्मक कुराहरू आइपर्ने तुल्याउनु हो ।

  • सराप कुनै व्यक्‍ति वा वस्तुमाथि हानि आइपरोस् भन्‍ने एउटा कथन हुन सक्छ ।
  • कसैलाई सराप दिनुको अर्थ उनीहरूमाथि खराब कुराहरू आइपरून् भन्‍ने इच्छाको अभिव्यक्‍ति पनि हुन सक्छ ।
  • कसैले कुनै व्यक्‍तिमाथि आइपर्ने तुल्याएको दण्ड वा अन्य नकारात्मक कुराहरूलाई पनि सयले जनाउन सक्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • यसलाई “खराब कुराहरू आइपर्ने तुल्याउनु” वा “लाई खराब कुराहरू आइपरोस् भनी घोषणा गर्नु” वा “लाई खराब कुराहरू आइपर्ने तुल्याउन शपथ खानु” भनी अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरले आफ्ना अनाज्ञाकारी मानिसहरूमाथि सराप पठाउनुभएको सन्दर्भमा यसलाई “खराब कुराहरू आइपर्न दिएर दण्ड दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • मानिसहरूलाई जनाउन “श्रापित” शब्दको प्रयोग गर्दा यसलाई “(यस व्यक्‍ति) ले धेरै सङ्कष्‍ट भोग्‍नेछ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “श्रापित होस्” भन्‍ने वाक्यांशलाई “(यस व्यक्‍ति) ले ठुला-ठुला कठिनाइहरू भोगोस्” भनी अनुवाद गर्न सकिन्छ ।
  • “भूमि श्रापित होस्” वाक्यांशलाई “जमिन धेरै उर्वरायुक्‍त हुनेछैन” भनी अनुवाद गर्न सकिन्छ ।
  • तथापि लक्षित भाषामा “श्रापित होस्” भन्‍ने वाक्यांश छ र यसको अर्थ पनि उही नै हो भने यही वाक्यांशलाई राख्‍नु राम्रो हुन्छ ।

(हेर्नुहोस्: आशिष्‌)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २ः९ परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तँ श्रापित होस् !”
  • २ः११ “भूमि श्रापित भएको छ, र तिमीले खानेकुरा उमार्न कडा मेहनत गर्नुपर्ने हुन्छ ।”
  • ४ः४ “तिमीलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु, र तिमीलाई सराप दिनेहरूलाई म सराप दिनेछु ।”
  • ३९ः७ त्यसपछि पत्रुसले शपथ खाएर भने, “यी मानिसलाई म चिन्छु भने परमेश्‍वरले मलाई श्राप दिनुभएको होस् !”
  • ५०ः१६ आदम र हव्वाले परमेश्‍वरको आज्ञा उल्लङ्घन गरी यस संसारमा पाप ल्याएकाले परमेश्‍वरले यसलाई सराप दिनुभयो, र यसलाई नष्‍ट गर्ने निधो गर्नुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H0422, H0423, H0779, H1288, H2763, H2764, H3994, H5344, H6895, H7043, H7045, H7621, H8381, G03310, G03320, G06850, G19440, G25510, G26520, G26530, G26710, G26720, G60350