ne_tw/bible/kt/cornerstone.md

3.6 KiB

कुने-ढुङ्गो

परिभाषा:

शब्द “कुने-ढुङ्गो” ले विशेष तवरले काटेर तयार पारी भवनको जगको कुनामा राखिने ढुङ्गोलाई जनाउँछ ।

  • भवनका अन्य सबै ढुङ्गाहरू नापेर तयार गरिन्छन् र तिनलाई कुने-ढुङ्गोको सम्बन्धमा राखिन्छन् ।
  • पुरै संरचनाको शक्‍ति र स्थिरताको लागि यो निकै महत्त्वपूर्ण छ ।
  • नयाँ करारमा विश्‍वासीहरूको समुदायलाई भवनसित तुलना गरी रूपकको रूपमा प्रस्तुत गरिएको छ, जसमा येशू ख्रीष्‍टलाई “कुने-ढुङ्गो” को रूपमा उल्लेख गरिएको छ ।
  • जसरी भवनको कुने-ढुङ्गोले पुरै भवनको अवस्थालाई समर्थन गर्नुका साथै यसको निधो गर्छ, त्यसै गरी येशू ख्रीष्‍ट त्यो कुने-ढुङ्गो हुनुहुन्छ जसमाथि विश्‍वासीहरूको समुदाय स्थापित हुनुका साथै समर्थन गरिएको हुन्छ ।

अनुवादका लागि सुझावहरूः

  • शब्द “कुने-ढुङ्गो” लाई “भवनको मुख्य ढुङ्गो” वा “जगको ढुङ्गो” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • अनुवाद गरिएको भाषामा मुख्य समर्थनस्वरूप भवनको जगको भाग छ कि छैन भनी विचार गर्नुहोस् । छ भने, त्यस शब्दलाई प्रयोग गर्न सकिन्छ ।
  • “भवनको कुनामा राख्‍न प्रयोग गर्ने जगको ढुङ्गो” भनेर पनि यसलाई अनुवाद गर्न सकिन्छ ।
  • दृढ र सुरक्षित भवनको सामग्रीको रूपमा प्रयोग गरिने यो एउटा ठुलो ढङ्गो हो भन्‍ने सत्यतालाई ख्याल गर्नु महत्त्वपूर्ण हुन्छ । भवन निर्माणको लागि ढुङ्गाहरू प्रयोग गरिँदैनन् भने “ठुलो ढुङ्गो” को अर्थ बोकेको अर्को शब्दलाई प्रयोग गर्न सकिन्छ, तर यसमा राम्ररी रचना गरिएको र उपुयक्‍त हुने अवधारणा पनि हुनुपर्छ ।

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०४:११-१२
  • एफिसी ०२:१९-२२
  • मत्ती २१:४२
  • भजनसंग्रह ११८:२२-२३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0068, H6438, H7218, G02040, G11370, G27760, G30370