ne_tw/bible/kt/consecrate.md

3.2 KiB

अर्पण गर्नु

परिभाषा:

“अर्पण गर्नु” को अर्थ हुन्छ‒ कुनै कुरो वा व्यक्‍तिलाई परमेश्‍वरको सेवामा समर्पित गर्नु । अर्पण गरिएको वस्तु वा व्यक्‍ति परमेश्‍वरको लागि पवित्र वा अलग गरिएको मानिन्छ ।

  • यस शब्दको अर्थ “शुद्ध पार्नु” वा “पवित्र पार्नु” को अर्थसित समान छ, तर यसमा परमेश्‍वरको सेवाको लागि औपचारिक रूपमा अलग गर्ने अर्थ थपिएको हुन्छ ।
  • बलिदान गरिनुपर्ने जनावरहरू, होमबलिको वेदी, पवित्र वासस्थानजस्ता थोकहरू परमेश्‍वरका लागि अर्पण गरिएका कुराहरूमा पर्थे ।
  • पूजाहारीहरू, इस्राएलका मानिसहरू र जेठो छोरो परमेश्‍वरका लागि अर्पण गरिएका मानिसहरूमा पर्थे ।
  • खास गरी यसले परमेश्‍वरको सेवाको लागि सम्बन्धित मानिस वा वस्तुहरूलाई जनाउँदा कहिले काहीँ “अर्पण गर्नु” को अर्थ “शुद्ध पार्नु” सित समान हुन्छ । यसरी अर्पण गरिँदा तिनीहरू शुद्ध पारिनेछन् र उहाँको सामु स्वीकार गरिनेछन् ।

अनुवादका लागि सुझावहरूः

  • “अर्पण गर्नु” लाई “परमेश्‍वरको सेवाको लागि अलग गर्नु” वा “परमेश्‍वरको सेवाको लागि शुद्ध पार्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “पवित्र” र “शुद्ध पार्नु” लाई कसरी अनुवाद गरिएका छन् भनेर पनि ख्याल राख्‍नुहोस् ।

(हेर्नुहोस्ः पवित्र, पवित्रता, शुद्ध, शुद्ध पार्नु, शुद्देइँ, पवित्र तुल्याउनु, शुद्धिकरण)

बाइबलका सन्दर्भहरूः

  • १ तिमोथी ०४:३-५
  • २ इतिहास १३:८-९
  • इजकिएल ४४:१९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2763, H3027, H4390, H4394, H5144, H5145, H6942, H6944, G14570, G50480