ne_tw/bible/kt/conscience.md

2.3 KiB

विवेक

परिभाषा:

विवेक व्‍यक्‍तिको सोचाइको भाग हो, जसद्वारा उसले पापपूर्ण काम गरिरहेको छ भनी परमेश्‍वरले उसलाई सचेत तुल्याउनुहुन्छ ।

  • के ठिक हो र के बेठिक हो भनी छुट्टयाउनका लागि मदत गर्न परमेश्‍वरले मानिसहरूलाई विवेक दिनुभयो ।
  • परमेश्‍वरको आज्ञा मान्‍ने व्‍यक्‍तिसित “शुद्ध” वा “सफा” वा “स्पष्‍ट” विवेक हुन्छ भनी बताइन्छ ।
  • व्‍यक्‍तिसित “सफा विवेक” छ भने त्यसको अर्थ हुन्छ, कि उसले कुनै पनि पाप लुकाइरहेको छैन ।
  • कसैले विवेकलाई बेवास्ता गर्छ र पाप गर्दा पनि दोषी महसुस गर्दैन भने यसको अर्थ हुन्छ, कि गलत कुरोको लागि उसको विवेक संवेदनशील भएको छैन । बाइबलले यसलाई “तातो फलामले डामेको” विवेक भन्छ । यस्तो विवेकलाई “असंवेदनशील” वा “दूषित” पनि भनिन्छ ।
  • यस शब्दलाई “भित्री नैतिक पथ प्रदर्शक” वा “नैतिक सोचाइ” भनी अनुवाद गर्ने अन्य सम्भाव्य तरिकाहरू हुन् ।

बाइबलका सन्दर्भहरूः

  • १ तिमोथी १ः१९
  • १ तिमोथी ३ः९
  • २ कोरन्‍थी ५ः११
  • २ तिमोथी १ः३
  • रोमि ९ः१
  • तितस १ः१५-१६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G48930