ne_tw/bible/kt/confess.md

3.6 KiB

स्वीकार गर्नु, स्वीकार

परिभाषा:

“स्वीकार गर्नु” को अर्थ कुनै कुरो साँचो हो भनी मानिलिनु वा ठोकेर भन्‍नु हो । “स्वीकार” भनेको कुनै कुरो साँचो हो भन्‍ने ठोकुवा वा स्वीकृति हो ।

  • “स्वीकार गर्नु” ले परमेश्‍वरको बारेमा भएको सत्यतालाई साहसपूर्वक बताउने कुरोलाई जनाउन सक्छ । हामीले पाप गरेका छौँ भनेर मानिलिने कुरोलाई पनि यसले उल्लेख गर्न सक्छ ।
  • मानिसहरूले परमेश्‍वरको सामु आफ्ना पाप स्वीकार गरे उहाँले तिनीहरूलाई क्षमा दिनुहुनेछ भनी बाइबलले बताउँछ ।
  • प्रेरित याकूबले आफ्ना पत्रमा लेखेका छन्, कि विश्‍वासीहरूले एक अर्कामा आफ्ना पाप स्वीकार गर्दा त्यसले आत्मिक चङ्गाइ ल्याउँछ ।
  • प्रेरित पावलले फिलिप्पीहरूलाई लेखे, कि कुनै दिन हरेकले येशू नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नेछ वा घोषणा गर्नेछ ।
  • पावलले यो पनि लेखेका छन्, कि येशू नै प्रभु हुनुहुन्छ र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी मानिसहरूले विश्‍वास गरे भने तिनीहरूले उद्धार पाउनेछन् ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “स्वीकार गर्नु” लाई “मानिलिनु” वा “गवाही दिनु” वा “घोषणा गर्नु” वा “मान्‍नु” वा “ठोकेर भन्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “स्वीकार” लाई “घोषणा” वा “गवाही” वा “हामीले जे विश्‍वास गर्छौं त्यसबारे भएको कथन” वा “पाप-स्वीकार” भनी अनुवाद गर्न सकिन्छ ।

हेर्नुहोस्ः विश्‍वास, गवाहि

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०१:८-१०
  • २ यूहन्‍ना ०१:७-८
  • होशे १४:१-२
  • याकूब ०५:१६-१८
  • लेवी ०५:५-६
  • मत्ती ०३:४-६
  • नहेम्याह ०१:६-७
  • फिलिप्पी ०२:९-११
  • भजनसंग्रह ३८:१७-१८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3034, H8426, G18430, G36700, G36710