ne_tw/bible/kt/condemn.md

2.7 KiB

दण्डाज्ञा दिनु, दण्डाज्ञा

परिभाषा:

शब्दहरू “दण्डाज्ञा दिनु” र “दण्डाज्ञा” ले गलत काम गरेको कारणले कसैको न्याय गर्ने कुरोलाई जनाउँछन् ।

  • अक्सर क्रियापद “दण्डाज्ञा दिनु” मा कसैले गलत काम गरेकोले उसलाई दण्ड दिने कुरो पर्छ ।
  • कहिले काहीँ “दण्डाज्ञा दिनु” को अर्थ हुन्छः कसैलाई झुटो अभियोग लगाउनु वा हतारमा कसैको न्याय गर्नु ।
  • “दण्डाज्ञा” शब्दले कसैलाई दोष लगाउने वा दण्ड दिने कुरोलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर यसलाई “हतारमा न्याय गर्नु” वा “कपटपूर्वक आलोचना गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “उसलाई दण्डाज्ञा देओ” लाई “ऊ दोषी छ भनी न्याय गर” वा “उसको पापको लागि उसलाई दण्ड दिइनुपर्छ भनी बताओ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “दण्डाज्ञा” शब्दलाई “हतारको न्याय” वा “दोषी ठहर” वा “दोषको लागि दण्ड” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः न्याय गर्नु, न्याय, दण्ड दिनु, दण्ड)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०३:१९-२२
  • यूहन्‍ना ०५:२४
  • अय्यूब ०९:२७-२९
  • लूका ०६:३७
  • मत्ती १२:७-८
  • हितोपदेश १७:१५-१६
  • भजनसंग्रह ३४:२१-२२
  • रोमी ०५:१६-१७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6064, H7034, H7561, H8199, G01760, G08430, G26070, G26130, G26310, G26320, G26330, G29170, G29190, G29200, G52720, G60480