ne_tw/bible/kt/compassion.md

1.9 KiB

दया, दयालु

परिभाषा:

“दया” शब्दले खास गरी दुःखकष्‍ट पाइरहेका मानिसहरूप्रति देखाइने फिक्रीको महसुसलाई जनाउँछ । “दयालु” व्यक्‍तिले अरू मानिसहरूको वास्ता गरी तिनीहरूलाई मदत गर्छ ।

  • “दया” शब्दमा साधारणतया खाँचोमा परेका मानिसहरूको वास्ता गर्ने र तिनीहरूलाई मदत गर्ने कुरो पर्छ ।
  • बाइबलले बताउँछ कि परमेश्‍वर दयालु हुनुहुन्छ, जसको अर्थ हुन्छ कि उहाँ प्रेम र कृपाले भरिपूर्ण हुनुहुन्छ।

अनुवादका लागि सुझावहरूः

  • “दया” लाई “गहन हेरचाह” वा “सहयोगपूर्ण कृपा” भनी अनुवाद गर्न सकिन्छ ।
  • “दयालु” शब्दलाई “वास्ता गर्ने र मदतदायी” वा “ज्यादै प्रेम गर्ने र कृपालु” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • दानिएल ०१:८-१०
  • होशे १३:१४
  • याकूब ०५:९-११
  • योना ०४:१-३
  • मर्कूस ०१:४०-४२
  • रोमी ०९:१४-१६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2550, H7349, H7355, H7356, G16530, G33560, G36270, G46970, G48340, G48350