ne_tw/bible/kt/command.md

3.0 KiB

आज्ञा, आज्ञा दिनु, निर्देश

परिभाषा:

क्रियापद “आज्ञा दिनु” को अर्थ हुन्छ‒ कुनै काम गर्न कसैलाई आदेश दिनु । आज्ञा कुनै काम गर्न व्‍यक्‍तिलाई दिइने आदेश हो ।

  • आधारभूत रूपमा यी शब्दहरूको उही अर्थ भए तापनि “आज्ञा” ले अक्सर परमेश्‍वरका निश्‍चित आदेशहरूलाई जनाउँछ, जुन अझै औपचारिक र स्थायी हुन्छन्, जस्तैः दस आज्ञा ।
  • निर्देश वा आज्ञा सकारात्मक (आफ्ना आमा बाबुको आदर गर) वा नकारात्मक (चोरी नगर) हुन सक्छ ।
  • “आज्ञालाई हातमा लिनु” को अर्थ हुन्छः कुनै व्‍यक्‍ति वा कुनै कुरोलाई “नियन्‍त्रणमा लिनु” वा “जिम्मेवारी हुनु ।”

अनुवादका लागि सुझावहरूः

  • यो शब्‍दलाई "कानून" शब्‍द भन्‍दा फरक रूपमा अनुवाद गर्नु राम्रो हुन्‍छ। साथै "आदेश" र "विधान" को परिभाषाहरूसँग तुलना गर्न सकिन्छ।
  • केहि अनुवादहरूले आफ्‍नो भाषामा पउटै शब्‍दको साथ "आदेश" र "आज्ञा" अनुवाद गर्न रुचाँउछन्।
  • अरूले आजञाको लागि विशेष शब्‍द रुचाउँछन् जसले स्‍थायि, औपचारिक आज्ञाहरूलाई बुझाँउछ जुन परमेश्‍वरले दिनुभएको हो।

बाइबलका सन्दर्भहरूः

  • लूका १ः६
  • मत्ति १ः२४
  • मत्ति २२ः३८
  • मत्ति २८ः२०
  • गन्‍ती १ः१७-१९
  • रोमि ७ः७-८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0559, H0560, H0565, H1296, H1696, H1697, H1881, H2706, H2708, H2710, H2941, H2942, H2951, H3027, H3982, H3983, H4406, H4662, H4687, H4929, H4931, H4941, H5057, H5713, H5749, H6213, H6310, H6346, H6490, H6673, H6680, H7101, H7218, H7227, H7262, H7761, H7970, H8269, G12630, G12910, G12960, G12970, G12990, G16900, G17780, G17810, G17850, G20030, G20040, G20080, G20360, G27530, G30560, G37260, G38520, G38530, G43670, G44830, G44870, G55060