6.2 KiB
6.2 KiB
मण्डली
परिभाषा:
नयाँ करारमा “मण्डली” शब्दले येशूमा ग्रहण गर्ने मानिसहरूको समूहलाई जनाउँछ । प्रार्थना गर्न र प्रचार गरिएको परमेश्वरको वचन सुन्न नियमित रूपमा सँगसँगै जम्मा हुने विश्वासीहरूको समूहलाई “स्थानीय मण्डली” भनिन्छ भने सबै विश्वासीहरूको समूहलाई “विश्वव्यापी मण्डली” भनिन्छ ।
- शाब्दिक रूपमा यस शब्दले “बोलाइएका” मानिसहरूको सभा वा समूहलाई जनाउँछ जो विशेष उद्देश्यको लागि सँगसँगै जम्मा हुन्छन् ।
- ख्रीष्टको सम्पूर्ण देहमा हरेक ठाउँमा भएका सबै विश्वासीलाई जनाउन पनि यही शब्द अर्थात् मण्डलीको प्रयोग गरिन्छ ।
- अक्सर विश्वासीहरू कुनै सहरमा अवस्थित कसैको घरमा सँगसँगै जम्मा हुन्थे । यी स्थानीय मण्डलीहरूलाई त्यही सहरको नाउँ दिइएको हुन्थ्यो, जस्तैः “एफिससको मण्डली ।”
- बाइबलमा “मण्डली” शब्दले भवनलाई उल्लेख गर्दैन ।
अनुवादका लागि सुझावहरूः
- “मण्डली” शब्दलाई “एकै ठाउँमा जम्मा भएको भेला” वा “सभा” वा “विश्वासीहरू” वा “सँगसँगै जम्मा हुनेहरू” भनी अनुवाद गर्न सकिन्छ ।
- यस शब्दलाई अनुवाद गर्न प्रयोग गरिएको शब्द वा पदावलीले एउटा सानो समूहलाई मात्र नभएर सबै विश्वासीलाई पनि जनाउन सक्नुपर्छ ।
- “मण्डली” शब्दले भवनलाई मात्र उल्लेख गर्दैन भन्ने कुरोमा निश्चित हुनुहोस् ।
- पुरानो करारमा “भेला” लाई अनुवाद गर्न प्रयोग गरिएको शब्दलाई यस शब्दको अनुवादको लागि पनि प्रयोग गर्न सकिन्छ ।
- स्थानीय वा राष्ट्रिय बाइबल अनुवादमा यसलाई कसरी अनुवाद गरिएको छ भनी ख्याल गर्नुहोस् (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
बाइबलका सन्दर्भहरूः
- १ कोरिन्थी ०५:११-१३
- १ थेसलोनिकी ०२:१४-१६
- १ तिमोथी ०३:४-५
- प्रेरित ०९:३१-३२
- प्रेरित १५:३९-४१
- कलस्सी ०४:१५-१७
- एफिसी ०५:२२-२४
- मत्ती १६:१७-१८
- फिलिप्पी ०४:१४-१७
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
- (४३-१२) पत्रुसले भनेका कुरामा करिब तिन हजार मानिसले विश्वास गरे, र तिनीहरू येशूका चेलाहरू बने । तिनीहरूलाई बप्तिस्मा दिइयो र तिनीहरू यरूशलेमको मण्डलीको हिस्सा बने ।
- (४६-०९) एन्टिओखियाका अधिकांश मानिसहरू यहूदीहरू नभए तापनि पहिलो पटक तिनीहरूमध्ये धेरै जना विश्वासी बने । यी नयाँ विश्वासीहरूलाई येशूको बारेमा थप सिकाउन र मण्डलीलाई दह्लिो बनाउन बारनाबास र शाऊल त्यहाँ गए ।
- (४६-१०) त्यसैले, एन्टिओखियाको मण्डलीले बारनाबास र शाऊलका निम्ति प्रार्थना गरे, र तिनीहरूमाथि आ-आफ्ना हात राखे । त्यसपछि धेरै अन्य ठाउँहरूमा येशूको शुभ खबर प्रचार गर्नका लागि तिनीहरूले उनीहरूलाई पठाए ।
- (४७-१३) येशूको बारेमा भएको शुभ खबर फैलँदै गयो र मण्डली बढिरह्यो ।
- (५०-०१) लगभग दुई हजार वर्षसम्म संसारको चारैतिर धेरैभन्दा धेरै मानिसहरूले येशू मसीहको बारेमा भएको शुभ खबरलाई सुन्दै आएका छन् । मण्डली वृद्धि भइरहेको छ ।
शब्द तथ्याङ्क:
- स्ट्रोंग्स: G15770