6.0 KiB
6.0 KiB
ख्रीष्टियान
परिभाषा:
येशू स्वर्ग फर्कनुभएको केही समयपश्चात् मानिसहरूले “ख्रीष्टियान” नाउँको रचना गरे जसको अर्थ हुन्छ, “ख्रीष्टका अनुयायीहरू ।”
- एन्टिओखिया सहरमा येशूका अनुयायीहरू पहिलो पटक “ख्रीष्टियानहरू” भनिए ।
- ख्रीष्टियान त्यो व्यक्ति हो जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ र उसका पापबाट बच्न उसले येशूमाथि भरोसा राख्छ ।
- आधुनिक समयमा “ख्रीष्टियान” शब्दलाई अक्सर ख्रीष्टियान धर्मसित परिचित गराउने तर येशूलाई वास्तवमै नपछ्याउने व्यक्तिको लागि प्रयोग गरिन्छ । बाइबलमा यो “ख्रीष्टियान” शब्दको अर्थ होइन ।
- बाइबलमा “ख्रीष्टियान” शब्दले सधैँ येशूमा साँचो रूपमा विश्वास गर्ने व्यक्तिलाई उल्लेख गर्ने भएकोले एउटा ख्रीष्टियानलाई “विश्वासी” भनिएको हो ।
अनुवादका लागि सुझावहरूः
- यस शब्दलाई “ख्रीष्टको अनुयायी” वा “ख्रीष्टलाई पछ्याउने” वा सम्भवतः “ख्रीष्टजस्तै” भनी अनुवाद गर्न सकिन्छ ।
- चेला वा प्रेरितको लागि प्रयोग गरिने शब्दहरूभन्दा यसको लागि प्रयोग गरिने शब्द फरक हुनुपर्छ भन्ने कुरामा निश्चित हुनुहोस् ।
- यस शब्दले केही समूहहरूलाई मात्र नभई येशूमा विश्वास गर्ने हरेकलाई जनाउनुपर्छ भन्ने कुरमा होसियार हुनुहोस् ।
- स्थानीय वा राष्ट्रिय भाषाको बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरिएको छ भन्ने कुरालाई ख्याल गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः एन्टिओखिया, ख्रीष्ट, मसीह, मण्डली, चेला, विश्वासी, येशू, येशू ख्रीष्ट, ख्रीष्ट येशू, परमेश्वरका पुत्र, पुत्र)
बाइबलका सन्दर्भहरूः
- १ कोरिन्थी ०६:७-८
- १ पत्रुस ०४:१५-१६
- प्रेरित ११:२५-२६
- प्रेरित २६:२७-२९
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
- (४६-०९) एन्टिओखियामा येशूमा ग्रहण गर्ने विश्वासीहरू पहिलो पटक “ख्रीष्टियानहरू” भनिए ।
- (४७-१४) येशूको बारेमा भएको शुभ खबर मानिसहरूलाई प्रचार गर्दै र सिकाउँदै पावल र अन्य ख्रीष्टियान अगुवाहरू धेरै सहरहरूमा गए ।
- (४९-१५) तपाईंले येशूमा र उहाँले तपाईंका निम्ति गर्नुभएका कुरामा विश्वास गर्नुभयो भने तपाईं ख्रीष्टियान हुनुहुन्छ ।
- (४९-१६) तपाईं ख्रीष्टियान हुनुहुन्छ भने येशूले गर्नुभएका कामको कारणले परमेश्वरले तपाईंका पापलाई क्षमा गरिदिनुभएको छ ।
- (४९-१७) तपाईं ख्रीष्टियान हुनुभए तापनि तपाईं अझै पनि पाप गर्ने परीक्षामा पर्न सक्नुहुन्छ ।
- (५०-०३) येशू स्वर्गमा फर्कनुअगि कहिल्यै शुभ खबर नसुनेका मानिसहरूलाई त्यसको प्रचार गर्न उहाँले ख्रीष्टियानहरूलाई आज्ञा दिनुभयो ।
- (५०-११) जब येशू फर्कनुहुन्छ तब मरेको हरेक ख्रीष्टियान मृतकहरूबाट जीवित भई उहाँलाई आकाशमा भेट्न जानेछ ।
शब्द तथ्याङ्क:
- स्ट्रोंग्स: G55460