ne_tw/bible/kt/children.md

5.8 KiB

सन्तानहरू, सन्तान

परिभाषा:

बाइबलमा जवान वा शिशुलाई जनाउन साधारणतया “सन्तान” शब्दलाई अक्सर प्रयोग गरिएको छ । “सन्तानहरू” बहुवचन रूप हो र यसका केही आलङ्कारिक प्रयोगहरू छन् ।

  • बाइबलमा चेलाहरू वा अनुयायीहरूलाई कहिले काहीँ “सन्तानहरू” भनिएको छ ।
  • अक्सर व्यक्‍तिका छोराछोरीहरूलाई जनाउन “सन्तानहरू” शब्दको प्रयोग गरिन्‍छ ।
  • प्रायः बाईबलमा "सन्तानहरू" को अर्थ "बच्‍चाहरू" जस्‍तै हुन्‍छ।
  • "बिउँ" शब्‍द कहिलेकाहिँ सन्‍तानलाई बुझाउन लाक्षणिक रुपमा प्रयोग गरिन्‍छ।
  • पदावली “का सन्तान” ले कुनै कुरोको विशेषता जाहेर गर्न सक्छ । यसका केही उदाहरणहरू निम्‍न लिखित छन्ः
  • ज्योतिका सन्तान
  • आज्ञाकारिताका सन्तान
  • दुष्‍टका सन्तान

यो शब्‍दले मण्‍डलिलाई पनि बुझाउन सक्‍छ। उदाहरणको लागि, कहिलेकाहिँ नयाँ नियमले येशूलाई विश्‍वास गर्ने मानिसहरूलाई"परमेश्‍वरका सन्‍तान" भनि जनाउँछ।

अनुवादका लागि सुझावहरूः

  • यस शब्दले व्यक्‍तिका छोराछोरीका नाति नातिनीहरू वा नाति नातिनीहरूका नाति नातिनीहरूलाई जनाउँदा “सन्तानहरू” लाई “सन्ततिहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर “का सन्तान” लाई “को विशेषता भएका मानिसहरू” वा “जस्तै व्यवहार गर्ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • सम्भव भएमा पदावली “परमेश्‍वरका सन्तान” लाई शाब्दिक रूपमा नै अनुवाद गरिनुपर्छ, किनकि परमेश्‍वर हाम्रा स्वर्गीय पिता हुनुहुन्छ भन्‍ने विषय एउटा महत्त्वपूर्ण बाइबलीय विषय हो । यसको सम्भाव्य वैकल्पिक अनुवादहरूमा “परमेश्‍वरका मानिसहरू” वा “परमेश्‍वरका आत्मिक सन्तान” हुन सक्छन् ।
  • येशूले आफ्ना चेलाहरूलाई “सन्तान” भनी बोलाउनुहुँदा यसलाई “प्रिय मित्रहरू” वा “मेरा प्रिय चेलाहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • पावल र यूहन्‍नाले येशूमा ग्रहण गर्ने विश्‍वासीहरूलाई “सन्तानहरू” भनी उल्लेख गर्दा यसलाई “प्रिय सङ्गी विश्‍वासीहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “प्रतिज्ञाका सन्तान” लाई “परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्‍त गर्ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः सन्तति, प्रतिज्ञा, पुत्र, आत्मा, आत्मिक, विश्‍वासी, प्रिय, अन्य)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०२:२७-२९
  • ३ यूहन्‍ना ०१:१-४
  • गलाती ०४:१९-२०
  • उत्पत्ति ४५:९-११
  • यहोशू ०८:३४-३५
  • नहेम्याह ०५:४-५
  • प्रेरित १७ः२९
  • प्रश्‍थान १३ः११-१३
  • उत्‍पत्ति २४ः७
  • यशैया ४१ः८-९
  • अय्‍यूब ५ः२५
  • लूका ३ः७
  • मत्ति १२ः३४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1069, H1121, H1123, H1129, H1323, H1397, H1580, H2029, H2030, H2056, H2138, H2145, H2233, H2945, H3173, H3205, H3206, H3208, H3211, H3243, H3490, H4392, H5209, H5271, H5288, H5290, H5759, H5764, H5768, H5953, H6185, H6363, H6529, H6631, H7908, H7909, H7921, G07300, G08150, G10250, G10640, G10810, G10850, G14710, G34390, G35150, G35160, G38080, G38120, G38130, G38160, G50400, G50410, G50420, G50430, G50440, G52060, G52070, G53880