ne_tw/bible/kt/centurion.md

2.0 KiB
Raw Permalink Blame History

कप्‍तान

परिभाषा:

कप्‍तान एक रोमी सेनाका अधिकारी हुन्थे, जसको अधीनमा १०० जना सिपाहीको समूह हुन्थ्यो ।

  • यसलाई “एक सय जना मानिसका अगुवा” वा “सेनाका अगुवा” वा “एक सय जनाको जिम्मामा पाएका अधिकारी” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • आफ्नो नोकरलाई निको पार्न अनुरोध गर्न एक जना रोमी कप्‍तान येशूकहाँ आए ।
  • येशूको क्रुसारोहणको जिम्मा लिएका कप्‍तानले येशूको मृत्यु भएको देख्दा तिनी छक्‍क परे ।
  • परमेश्‍वरले एक जना कप्‍तानलाई पत्रुसकहाँ पठाउनुभयो, ताकि पत्रुसले तिनलाई येशूको सुसमाचार बताउन सकून् ।

(यो पनि हेर्नुहोस्: रोम)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: G15430, G27600