ne_tw/bible/kt/call.md

7.9 KiB

बोलाउनु, बोलावट, बोलाइएको, डाक्‍नु

परिभाषा:

शब्दहरू “बोलाउनु” र “डाक्‍नु” को शाब्दिक अर्थ हुन्छ‒ नजिकै नभएको व्यक्‍तिलाई ठुलो सोरले भन्‍नु । यी शब्दहरूका केही आलङ्कारिक अर्थहरू पनि छन् ।

  • कसैलाई “डाक्‍नु” को अर्थ हुन्छ‒ टाढा भएको व्यक्‍तिलाई ठुलो सोरमा भन्‍नु । यसको अर्थ कसैलाई (खास गरी परमेश्‍वरलाई) सहायताको लागि अनुरोध गर्नु पनि हुन्छ ।
  • बाइबलमा अक्सर “डाक्‍नु” को अर्थ हुन्छः “बोलाउनु” वा “आउन आज्ञा दिनु” वा “आउन अनुरोध गर्नु ।”
  • परमेश्‍वरले मानिसहरूलाई उहाँको जाति हुन उहाँकहाँ डाक्‍नुहुन्छ । यो तिनीहरूको “बोलावट” हो ।
  • परमेश्‍वरले मानिसहरूलाई उहाँका सन्तान हुन र येशूद्वारा उद्धारको सन्देश घोषणा गर्ने सेवकहरू हुन नियुक्‍त गर्नुभएको छ वा छान्‍नुभएको छ भन्‍ने अर्थमा बाइबलमा “बोलाइएको” शब्दलाई प्रयोग गरिएको छ ।
  • कसैको नाउँ बोलाउने सन्दर्भमा पनि यस शब्दको प्रयोग गरिएको छ । उदाहरणको लागि, “उसलाई यूहन्‍ना भनेर डाकिन्छ,” जसको अर्थ हुन्छ, “उसको नाउँ यूहन्‍ना हो ।”
  • लाई “को नाउँद्वारा बोलाइन्छ” को अर्थ हुन्छः “(उस) नाउँ दिइएको छ ।” परमेश्‍वरले आफ्ना मानिसहरूलाई उहाँको नाउँद्वारा डाक्‍नुभएको छ भनी उहाँ भन्‍नुहुन्छ ।
  • “मैले तिम्रो नामै तोकेर बोलाएको छु” भन्‍ने वाक्यांशको अर्थ हुन्छः परमेश्‍वरलाई व्यक्‍तिगत रूपमा व्यक्‍तिको नाउँ थाहा छ र उहाँले त्यसलाई खास तवरले चुन्‍नुभएको छ ।

अनुवादका लागि सुझावहरूः

  • “बोलाउनु” शब्दलाई “डाक्‍नु” अर्थ भएको शब्दले अनुवाद गर्न सकिन्छ, जसमा जानाजानी वा उद्देश्यपूर्ण बोलावटको अवधारणा पर्छ ।
  • “तपाईंलाई डाक्‍नु” लाई “सहायताको लागि तपाईंलाई अनुरोध गर्नु” वा “आकस्मिक रूपमा तपाईंलाई बिन्ती गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरले हामीलाई उहाँका सेवकहरू हुन “बोलाउनुभएको” छ भनी बाइबलले बताउँदा यसलाई उहाँले हामीलाई उहाँका सेवकहरू हुन “विशेष रूपले छान्‍नुभएको छ” वा “नियुक्‍त गर्नुभएको छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “तपाईंले उसको नाउँ बोलाउनुपर्छ” लाई “तपाईंले उसको नाउँ तोक्‍नुपर्छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “उसको नाउँ … भनेर डाकिन्छ” लाई “उसको नाउँ … हो” भनी अनुवाद गर्न सकिन्छ ।
  • “डाक्‍नु” लाई “ठुलो सोरले भन्‍नु” वा “चिच्‍च्‍याउनु” वा “ठुलो सोर निकालेर भन्‍नु” भनी अनुवाद गर्न सकिन्छ । यस शब्दलाई अनुवाद गर्न व्यक्‍ति रिसाएको छ भन्‍ने अर्थ आउनुहुँदैन भन्‍ने कुरामा निश्‍चित हुनुहोस् ।
  • पदावली “तपाईंको बोलावट” लाई “तपाईंको उद्देश्य” वा “तपाईंको निम्ति परमेश्‍वरको उद्देश्य” वा “तपाईंको लागि परमेश्‍वरको विशेष काम” भनी अनुवाद गर्न सकिन्छ ।
  • “प्रभुको नाउँ बोलाउनु” लाई “प्रभुको खोजी गरी उहाँमा भर पर्नु” वा “प्रभुमा भरोसा गरी उहाँप्रति आज्ञाकारी हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “चिच्‍च्‍याएर बोलाउनु” लाई “माग गर्नु” वा “अनुरोध गर्नु” वा “आज्ञा दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “तिमी मेरो नाउँद्वारा डाकिएका छौ” लाई “तिमी मेरा हौ भनी देखाउन मैले तिमीलाई मेरो नाउँ दिएको छु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “मैले तिमीलाई नामै तोकेर डाकेको छु” भनी परमेश्‍वरले भन्‍नुहुँदा यसलाई “मैले तिम्रो नाउँ जानेको छु र तिमीलाई छानेको छु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः प्रार्थना गर्नु, प्रार्थना)

बाइबलका सन्दर्भहरूः

  • १ राजा १८:२२-२४
  • १ थेसलोनिकी ०४:७-८
  • २ तिमोथी ०१:८-११
  • एफिसी ०४:१-३
  • गलाती ०१:१५-१७
  • मत्ती ०२:१३-१५
  • फिलिप्पी ०३:१२-१४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0559, H2199, H4744, H6817, H7121, H7123, H7769, H7773, G01540, G03630, G14580, G15280, G19410, G19510, G20280, G20460, G25640, G28210, G28220, G28400, G29190, G30040, G31060, G33330, G33430, G36030, G36860, G36870, G43160, G43410, G43770, G47790, G48670, G54550, G55370, G55810