ne_tw/bible/kt/brother.md

5.4 KiB

भाइ

परिभाषा:

“भाइ” शब्दले साधारणतया एउट बुबा आमाबाट जन्मेका दुईमध्ये कान्छो व्यक्‍तिलाई जनाउँछ ।

  • पुरानो करारमा उही कुल, कुटुम्ब वा जातिका आफन्तहरूको सामान्य सन्दर्भको रूपमा पनि शब्द “भाइहरू” लाई प्रयोग गरिएको छ ।
  • ख्रीष्‍टमा सबै विश्‍वासी एउटै आत्मिक परिवारका सदस्यहरू हुन् र परमेश्‍वर तिनीहरूका स्वर्गीय पिता हुनुभएकाले नयाँ करारमा दुवै पुरुष र स्‍त्रीहरूलगायत सङ्गी ख्रीष्‍टियानहरूलाई उल्लेख गर्न प्रेरितहरूले अक्सर “भाइहरू” शब्दको प्रयोग गरेका छन् ।
  • नयाँ करारका केही ठाउँमा सङ्गी स्‍त्री ख्रीष्‍टियानलाई निर्दिष्‍ट रूपमा उल्लेख गर्न वा पुरुष र स्‍त्री दुवै नै समावेश गरिएका छन् भनी जोड दिन प्रेरितहरूले “बहिनी” शब्दको प्रयोग गरेका छन् । उदाहरणको लागि, “कुनै भाइ या बहिना खाना वा कपडाको आवश्यकतामा छ” भनी उल्लेख गर्दा याकूब सबै विश्‍वासीको बारेमा बोल्दै छन् ।

अनुवादका लागि सुझावहरूः

  • अनुवाद गरिएको भाषामा स्वाभाविक वा आफ्नै बुबा आमापट्टिको भाइलाई जनाउने शाब्दिक शब्दलाई उल्लेख गर्न सम्भव भएसम्म अनुवादमा त्यही शब्दको उल्लेख गर्नु उत्तम हुन्छ ।
  • खास गरी पुरानो करारमा उही परिवार, कुटुम्ब वा जातिका सदस्यहरूलाई ज्यादै सामान्य रूपमा उल्लेख गर्न “भाइहरू” शब्दको प्रयोग हुँदा यसलाई “आफन्तहरू” वा “कुटुम्बका सदस्यहरू” वा “सङ्गी इस्राएलीहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • ख्रीष्‍टमाथि ग्रहण गर्ने सङ्गी विश्‍वासीलाई उल्लेख गरेको सन्दर्भमा यस शब्दलाई “ख्रीष्‍टमा ग्रहण गर्ने भाइ” वा “आत्मिक भाइ” भनी अनुवाद गर्न सकिन्छ ।
  • यदि पुरुष र स्‍त्री दुवैलाई उल्लेख गरिँदै छ र “भाइ” शब्दले गलत अर्थ दिन्छ भने स्‍त्री र पुरुष दुवैलाई समावेश गर्न प्रयोग गरिने आफन्तसम्बन्धी अझै सामान्य शब्दको प्रयोग गर्न सकिन्छ ।
  • स्‍त्री र पुरुष दुवैलाई उल्लेख गर्ने गरी यसलाई “सङ्गी विश्‍वासीहरू” वा “ख्रीष्‍टियान दाजुभाइ तथा दिदी-बहिनीहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • पुरुषहरूलाई मात्र उल्लेख गरिएको छ वा स्‍त्री र पुरुषहरू दुवैलाई उल्लेख गरिएको छ भन्‍नाका लागि सन्दर्भलाई जाँच्‍न नभुल्नुहोस् ।

(हेर्नुहोस्ः प्रेरित, बार्‍ह, एघार, परमेश्‍वर पिता, स्वर्गीय पिता, बहिनी, आत्मा, आत्मिक)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०७:२६-२८
  • उत्पत्ति २९:९-१०
  • लेवी १९:१७-१८
  • नहेम्याह ०३:१-२
  • फिलिप्पी ०४:२१-२३
  • प्रकाश ०१:९-११

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0251, H0252, H0264, H1730, H2992, H2993, H2994, H7453, G00800, G00810, G23850, G24550, G25000, G46130, G53600, G55690