ne_tw/bible/kt/bond.md

6.0 KiB

बाँध्‍नु, बन्धन, बाँधिएको

परिभाषा:

शब्द “बाँध्‍नु” को अर्थ हुन्छ‒ कुनै कुरोलाई सुरक्षितसाथ बेर्नु वा कस्‍नु । बेरिएको वा कसिएको कुरोलाई “बन्धन” भनिन्छ । शब्द “बाँध्‍नु” यस शब्‍दको भूतकाल हो।

  • “बाँधिएको” शब्दको अर्थ हुन्छः कुनै कुरो बेरिएको वा कस्सिएको ।
  • “बन्धन” शब्दले बाँध्‍ने, सिमित गर्ने वा कैद गर्ने कुनै पनि कुरोलाई जनाउँछ । यसले साधारणतया भौतिक साङ्ला, सिक्री र डोरीलाई जनाउँछ जसले व्यक्‍तिलाई स्वतन्‍त्र हुनबाट रोक्‍ने काम गर्छ ।
  • बाइबलको समयमा कैदीहरूलाई बाँध्‍न झ्यालखानाको ढुङ्गाको भित्ता वा भुइँमा डोरी वा साङ्लाहरू लगाइन्थे ।
  • घाउलाई निको पार्न यसको वरिपरि कपडा बेर्ने सम्बन्धमा कुरा गर्न पनि “बाँध्‍नु” शब्दको प्रयोग गरिन्छ ।
  • मृत व्यक्‍तिलाई अन्त्येष्‍टिको तयारीको लागि कपडाले “बाँधिन्छ ।”
  • कसैलाई दास बनाउने वा नियन्‍त्रण गर्ने पापजस्तो कुरोलाई जनाउन पनि “बन्धन” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।
  • “बन्धन” मानिसहरूका बिचमा हुने घनिष्‍ठ सम्बन्ध पनि हुन सक्छ, जसमा तिनीहरूले एक अर्कालाई भावनात्मक, आत्मिक र भौतिक रूपमा सहयोग गर्छन् । यो विवाहको बन्धनको निम्ति पनि लागु हुन्छ ।
  • उदाहरणको लागि, पति र पत्‍नी एक अर्कामा “बाँधिएका” हुन्छन् । यो एउटा यस्तो बन्धन हो, जुन टुटेको परमेश्‍वर चाहनुहुन्‍न ।
  • एउटा व्यक्‍ति भाकलको लागि पनि “बाँधिन” सक्छ, जसको अर्थ हुन्छ कि उसले प्रतिज्ञा गरेको कुरो पुरा गर्न ऊ बाध्य छ ।

अनुवादका लागि सुझावहरू

  • शब्द “बाँध्‍नु” लाई “कस्‍नु” वा “(वरिपरि) बेर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • आलङ्कारिक रूपमा यसलाई “नियन्‍त्रण गर्नु” वा “रोक्‍नु” वा “(कुनै कुरो) बाट जोगाउनु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • मत्ती १६ र १८ मा अभिलिखित “बाँध्‍नु” को विशेष प्रयोगको अर्थ हुन्छः “निषेध गर्नु” वा “अनुमति नदिनु ।”
  • “बन्धन” शब्दलाई “साङ्ला” वा “डोरी” वा “सिक्री” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • आलङ्कारिक रूपमा “बन्धन” शब्दलाई “गाँठो” वा “जोडाइ” वा “घनिष्‍ठ सम्बन्ध” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “शान्तिको बन्धन” को अर्थ हुन्छ‒ “मिलेर बस्‍नु, जसले मानिसहरूलाई एक अर्कामा नजिकै ल्याउँछ” वा “शान्ति ल्याउने गरी सँगसँगै जोड्ने काम ।”
  • “(पट्टी) बाँध्‍नु” लाई “वरिपरि बेर्नु” वा “पट्टी राख्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • आफैलाई भाकलले “बाँध्‍नु” लाई “भाकल पुरा गर्ने प्रतिज्ञा गर्नु” वा “भाकल पुरा गर्न प्रतिबद्ध हुनु” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • लेवी ०८:६-७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0247, H0481, H0519, H0615, H0631, H0632, H0640, H1366, H1367, H1379, H2280, H2706, H3256, H3533, H3729, H4147, H4148, H4205, H4562, H5650, H5656, H5659, H6029, H6123, H6616, H6696, H6872, H6887, H7194, H7405, H7573, H7576, H8198, H8244, H8379, G02540, G03310, G03320, G11950, G11960, G11980, G11990, G12100, G13970, G13980, G14010, G14020, G26110, G26150, G37340, G37840, G38140, G40190, G40290, G43850, G48860, G48870, G52650