ne_tw/bible/kt/body.md

5.0 KiB

शरीर

परिभाषा:

शब्द “शरीर” ले शाब्दिक रूपमा व्यक्‍ति वा जनावरको देहलाई जनाउँछ । वस्तु वा कुनै समुदायमा भएका व्यक्‍तिहरूको पुरै समूहलाई जनाउन पनि यस शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिन्छ ।

  • अक्सर शब्द “शरीर” ले मृत व्यक्‍ति वा जनावरलाई जनाउँछ । कहिले काहीँ यसलाई “मृत शरीर” वा “लाश” भनी उल्लेख गरिएको छ ।
  • येशूले आफ्नो आखिरी निस्तार-चाडको भोजमा आफ्ना चेलाहरूलाई “यो (रोटी) मेरो शरीर हो” भनी बताउनुहुँदा उहाँले आफ्नै भौतिक शरीरलाई उल्लेख गर्दै हुनुहुन्थ्यो, जुन “तिनीहरूका पापको मूल्य चुकाउन भाँचिने (मारिने) थियो ।”
  • बाइबलमा ख्रीष्‍टियानहरूलाई समूहको रूपमा “ख्रीष्‍टको शरीर” भनी उल्लेख गरिएको छ ।
  • जसरी भौतिक शरीरका धेरै अङ्गहरू हुन्छन्, त्यसै गरी “ख्रीष्‍टको शरीर” का धेरै सदस्यहरू छन् ।
  • परमेश्‍वरको सेवा गर्न र उहाँको महिमा गर्नका लागि पुरै समूहलाई मदत गर्न ख्रीष्‍टको शरीरमा हरेक व्यक्‍तिको विशेष काम हुन्छ ।
  • येशूलाई पनि उहाँका विश्‍वासीहरूको “शरीर” को “शिर” (अगुवा) भनी उल्लेख गरिएको छ । जसरी के गर्ने भनेर व्यक्‍तिको शिरले बताउँछ, त्यसै गरी ख्रीष्‍टको “शरीर” का सदस्यहरू अर्थात् ख्रीष्‍टियानहरूलाई अगुवाइ गर्ने र निर्देशन गर्ने येशू हुनुहुन्छ ।

अनुवादका लागि सुझावहरूः

  • अनुवाद गरिएको भाषामा भौतिक शरीरलाई उल्लेख गर्न प्रयोग गरिने सबैभन्दा सामान्य शब्दद्वारा यसको अनुवाद गर्नु उत्तम हुन्छ ।
  • विश्‍वासीहरूलाई सामूहिक रूपमा जनाउँदा केही भाषाहरूमा “ख्रीष्‍टको आत्मिक शरीर” भनी अनुवाद गर्नु बढी स्वाभाविक र सठिक हुन्छ ।
  • येशूले “यो मेरो शरीर हो” भनी बताउनुहुँदा यसलाई शाब्दिक रूपमा नै अनुवाद गर्नु उत्तम हुन्छ र आवश्यक भए यसमा व्याख्या गर्ने जानकारी दिन सकिन्छ ।
  • केही भाषाहरूमा मृत शरीरलाई जनाउने छुट्टै शब्द हुन सक्छ (जस्तैः व्यक्‍तिको लागि “लाश/शव” वा जनावरको लागि “सिनो” ) । यसलाई अनुवाद गर्ने शब्द सन्दर्भमा अर्थयुक्‍त र स्वीकारयोग्य हुनुपर्छ भन्‍ने कुरोमा निश्‍चित हुनुहोस् ।

(हेर्नुहोस्ः शिर, आत्मा, आत्मिक)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास १०:११-१२
  • १ कोरिन्थी ०५:३-५
  • एफिसी ०४:४-६
  • न्यायकर्ता १४:७-९
  • गन्ती ०६:६-८
  • भजनसंग्रह ३१:८-९
  • रोमी १२:४-५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0990, H1320, H1460, H1465, H1472, H1480, H1655, H3409, H4191, H5038, H5085, H5315, H6106, H6297, H7607, G44300, G49540, G49830, G55590