ne_tw/bible/kt/blasphemy.md

3.2 KiB

निन्दा, निन्दा गर्नु

परिभाषा:

बाइबलमा “निन्दा” शब्दले परमेश्‍वर वा मानिसहरूलाई गहन अनादर देखाउने गरी बोल्ने कुरोलाई जनाउँछ । कसैको “निन्दा गर्नु” भनेको अरू मानिसहरूले उसको बारेमा गलत वा खराब विचार गरोस् भनी उसको विरुद्धमा बोल्नु हो ।

  • अधिकांशतः परमेश्‍वरको निन्दा गर्नुको अर्थ हुन्छ, कि उहाँको बारेमा साँचो नभएका कुराहरू भनी उहाँको बदख्वाइँ गर्नु वा अपमान गर्नु अथवा उहाँको अनादर गर्ने गरी अनैतिक तवरले व्यवहार गर्नु हो ।
  • मानिसले परमेश्‍वर हुँ भनी दाबी गर्नु वा एकबाहेक अर्को साँचो परमेश्‍वर छ भनी दाबी गर्नु ईश्‍वर-निन्दा गर्नु हो ।
  • यसले मानिसहरूलाई उल्लेख गर्दा केही अङ्ग्रेजी अनुवादहरूले यसलाई “बदख्वाइँ” को रूपमा अनुवाद गर्छ ।

अनुवादका लागि सुझावहरूः

  • “निन्दा गर्नु” लाई “को विरुद्धमा दुष्‍ट कुराहरू भन्‍नु” वा “परमेश्‍वरलाई अनादर गर्नु” वा “बदख्वाइँ गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “निन्दा” लाई “अरूको बारेमा गलत किसिमले बोल्ने काम” वा “बदख्वाइँ” वा “झुटा हल्लाहरू फैलाउने काम” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः अनादर गर्नु, अनादरयोग्य, बदख्वाइँ, बदख्वाइँ गर्ने)

बाइबलका सन्दर्भहरूः

  • १ तिमोथी ०१:१२-१४
  • प्रेरित ०६:१०-११
  • प्रेरित २६:९-११
  • याकूब ०२:५-७
  • यूहन्‍ना १०:३२-३३
  • लूका १२:८-१०
  • मत्ती १२:३१-३२
  • मत्ती २६:६५-६६
  • मर्कूस १४:६३-६५
  • भजनसंग्रह ७४:९-११

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1288, H1442, H2778, H5006, H5007, H5344, G09870, G09880, G09890