ne_tw/bible/kt/atonementlid.md

3.9 KiB

प्रायश्‍चित्तको ढकनी

परिभाषा:

“प्रायश्‍चित्तको ढकनी” करारको सन्दुकको माथिल्लो भागलाई ढाक्‍न प्रयोग गरिने सुनको पाता थियो । धेरै अङ्ग्रेजी अनुवादहरूमा यसलाई “प्रायश्‍चित्तको बिर्को” भनेर पनि उल्लेख गरिएको छ ।

  • प्रायश्‍चित्तको ढकनी करिब ११५ सेन्टिमिटर लामो र ७० सेन्टिमिटर चौडाको थियो ।
  • प्रायश्‍चित्तको ढकनीमाथि सुनले बनेका दुईवटा करूब राखिएका थिए जसका पखेटाहरूले एक अर्कालाई छुन्थे ।
  • करूबहरूका फिँजाइएका पखेटामुनि प्रायश्‍चित्तको ढकनीको माथिपट्टि यहोवेले इस्राएलीहरूहरूसित भेट गर्नुहुने थियो भनी उहाँले तिनीहरूलाई बताउनुभयो । मानिसहरूका प्रतिनिधिका रूपमा केवल प्रधान पूजाहारीलाई यसो गर्ने अनुमति दिइएको थियो ।
  • कहिले काहीँ प्रायश्‍चित्तको ढकनीलाई “कृपा-आसन” भनी उल्लेख गरिएको छ, किनकि पापिष्‍ठ मानव-जातिलाई छुटकारा दिन परमेश्‍वरको कृपा तल आउँथ्यो भनी यसले व्यक्‍त गर्थ्यो ।

अनुवादका लागि सुझावहरूः

  • यस पदावलीलाई “सन्दुकको ढकनी जहाँ परमेश्‍वरले छुटकारा दिने प्रतिज्ञा गर्नुहुन्छ” वा “परमेश्‍वरले प्रायश्‍चित्त गर्नुहुने ठाउँ” वा “सन्दुकको ढकनी जहाँ परमेश्‍वरले क्षमा दिई पुनस्थापित गर्नुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसको अर्थ “सन्तुष्‍टिको ठाउँ” पनि हुन सक्छ ।
  • तपाईंले अनुवाद गर्नुभएका “प्रायश्‍चित्त,” “सन्तुष्‍टि” र “छुटकारा” शब्दहरूसित यसलाई तुलना गर्नुहोस् ।

(हेर्नुहोस्ः करारको सन्दुक, करारको सन्दुकका आदेशहरू, यहोवेको करार, प्रायश्‍चित्त, प्रायश्‍चित्त गर्नु, करूबहरू, करूब, सन्तुष्‍टि, छुटकारा दिनु, छुटकारा, उद्धारकर्ता)

बाइबलका सन्दर्भहरूः

  • प्रस्थान २५:१५-१८
  • प्रस्थान ३०:५-६
  • प्रस्थान ४०:१७-२०
  • लेवी १६:१-२
  • गन्ती ०७:८९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3727, G24350