ne_tw/bible/kt/atonement.md

3.6 KiB

प्रायश्‍चित्त, प्रायश्‍चित्त गर्नु

परिभाषा:

शब्दहरू “प्रायश्‍चित्त गर्नु” र “प्रायश्‍चित्त” ले परमेश्‍वरले मानिसहरूका पापको मूल्य चुकाउन र पापप्रति उहाँको क्रोध शान्त पार्न कसरी बलिदान उपलब्ध गराउनुभयो भन्‍ने कुरोलाई जनाउँछ ।

  • पुरानो करारमा रगतको बलिदानको अर्पण (जसमा जनावरलाई मार्ने काम पनि पर्थ्यो) द्वारा इस्राएलीहरूका पापका निम्ति परमेश्‍वरले अस्थायी प्रायश्‍चित्तको अनुमति दिनुभयो ।
  • नयाँ करारको अभिलेखअनुसार क्रुसमा भएको ख्रीष्‍टको मृत्यु पापको लागि एक मात्र साँचो र स्थायी प्रायश्‍चित्त हो ।
  • मानिसहरूका पापको कारणले तिनीहरू जुन दण्डको लागि लायक थिए येशू मर्नुहुँदा उहाँले त्यो दण्ड आफैमा लिनुभयो । आफ्नो बलिदानपूर्ण मृत्युले उहाँले प्रायश्‍चित्तको मूल्य चुकाउनुभयो ।

अनुवादका लागि सुझावहरूः

  • क्रियापद “प्रायश्‍चित्त गर्नु” लाई “… को लागि तिर्नु” वा “… को भुक्‍तानि तिर्नु” वा “कसैको पापको क्षमा दिनु” वा “अपराधको लागि दोषमुक्‍त गर्नु” भन्‍नेजस्ता पदावलीहरूद्वारा अनुवाद गर्न सकिन्छ ।
  • “प्रायश्‍चित्त” लाई “भुक्‍तानि” वा “पापको लागि चुकाउनुपर्ने बलिदान” वा “क्षमाको माध्यम जुटाउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसको अनुवादले रुपियाँ-पैसाको भुक्‍तानिलाई जनाउनुहुन्‍न भन्‍ने कुरामा निश्‍चित हुनुहोस् ।

(हेर्नुहोस्ः प्रायश्‍चित्तको ढकनी, क्षमा दिनु, क्षमा, सन्तुष्‍टि, मिलाप गर्नु, मिलाप, छुटकारा दिनु, छुटकारा, उद्धारकर्ता)

बाइबलका सन्दर्भहरूः

  • इजकिएल ४३:२५-२७
  • इजकिएल ४५:१८-२०
  • लेवी ०४:२०-२१
  • गन्ती ०५:८-१०
  • गन्ती २८:१९-२२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3722, H3725, G26430