ne_tw/bible/kt/antichrist.md

3.7 KiB

ख्रीष्‍ट-विरोधी

परिभाषा:

“ख्रीष्‍ट-विरोधी” शब्दले येशू ख्रीष्‍टको शिक्षा र उहाँको कामको विरुद्धमा भएको व्यक्‍ति र शिक्षालाई जनाउँछ । संसारमा धेरै ख्रीष्‍ट-विरोधीहरू छन् ।

  • येशू मसीह हुनुहुन्‍न वा येशू परमेश्‍वर र मानिस दुवै हुनुहुन्‍न भनी कसैले मानिसहरूलाई सिकाउँछ भने त्यो व्यक्‍ति नै ख्रीष्‍ट-विरोधी हो भनी प्रेरित यूहन्‍नाले लेखे ।
  • बाइबलले यो पनि सिकाउँछ, कि संसारमा ख्रीष्‍ट-विरोधीको सामान्य आत्मा छ जसले येशूको कामको विरोध गर्छ ।
  • नयाँ करारमा भएको प्रकाशको पुस्तकले व्याख्या गर्छ, कि अन्त्यको समयमा “ख्रीष्‍ट-विरोधी” भनिने मानिस देखा पर्नेछ । त्यसले परमेश्‍वरका मानिसहरूलाई नष्‍ट पार्न खोज्‍नेछ, तर त्यो येशूद्वारा पराजित हुनेछ ।

अनुवादका लागि सुझावहरूः

  • “ख्रीष्‍टको विरोध गर्ने” वा “ख्रीष्‍टको शत्रु” वा “ख्रीष्‍टको विरुद्धमा हुने व्यक्‍ति” भन्‍नेजस्ता पदावलीहरूबाट पनि यसलाई अनुवाद गर्न सकिन्छ ।
  • पदावली “ख्रीष्‍ट-विरोधीको आत्मा” लाई “ख्रीष्‍टको विरुद्धमा हुने आत्मा” वा “ख्रीष्‍टको विषयमा झुटा कुराहरू सिकाउने (व्यक्‍ति)” वा “ख्रीष्‍टको विषयमा झुटा कुराहरू विश्‍वास गर्ने मनोवृत्ति” वा “ख्रीष्‍टको विषयमा झुटा कुराहरू सिकाउने आत्मा” भनी अनुवाद गर्न सकिन्छ ।
  • स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरिन्छ भनेर पनि ख्याल गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, प्रकट हुनु, प्रकाश, सङ्कष्‍ट)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०२:१८-१९
  • १ यूहन्‍ना ०४:१-३
  • २ यूहन्‍ना ०१:७-८
  • २ थेसलोनिकी ०२:८-१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G05000