ne_tw/bible/kt/anoint.md

5.4 KiB

अभिषेक गर्नु, अभिषिक्‍त

परिभाषा:

“अभिषेक गर्नु” को अर्थ हुन्छः व्यक्‍ति वा वस्तुमाथि तेल खन्याउनु । कहिले काहीँ तेलमा अन्य मसलाहरू मिसाइन्थे, जसले मिठो, अत्तरको सुवासना दिन्थ्यो । कसैलाई छानी उसलाई सक्षम तुल्याउन पवित्र आत्मालाई जनाउनका लागि पनि यस शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

  • पुरानो करारमा परमेश्‍वरको विशेष सेवाको लागि अलग गर्न पूजाहारीहरू, राजाहरू र अगमवक्‍ताहरूलाई तेलले अभिषेक गरिन्थ्यो ।
  • वेदीहरू वा पवित्र वासस्थानजस्ता वस्तुहरूलाई परमेश्‍वरको आराधना र महिमाको लागि प्रयोग गरिनुपर्छ भनी देखाउन तिनलाई पनि तेलले अभिषेक गरिन्थ्यो ।
  • नयाँ करारमा बिरामी मानिसहरूको चङ्गाइको लागि तिनीहरूलाई तेलले अभिषेक गरिन्थ्यो ।
  • नयाँ करारले दुई पटक अभिलिखित गर्छ, कि एक स्‍त्रीले येशूलाई सुवासना आउने तेलले अभिषेक गरिन्, जुन आराधनाको कार्य थियो । एक पटक येशूले टिप्पणी गर्नुभयो कि यसो गरेर उनले उहाँको भावी अन्त्येष्‍टिको तयार गर्दै थिइन् ।
  • येशू मर्नुभएपछि उहाँका मित्रहरूले उहाँको मृत शरीरलाई तेल र सुगन्धित मसलाहरू दली (अर्थात् अभिषेक गरी) उहाँको अन्त्येष्‍टिको तयारी गरे ।
  • उपाधिहरू “मसीह (हिब्रू)” र “ख्रीष्‍ट” (ग्रिक) को अर्थ हुन्छः “अभिषिक्‍त (जन) ।”
  • येशू मसीह नै चुनिनुभएका जन हुनुहुन्थ्यो जसलाई अगमवक्‍ता, प्रधान पूजाहारी र राजाको रूपमा अभिषेक गरियो ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “अभिषेक गर्नु” लाई “… माथि तेल खन्याउनु” वा “… माथि तेल राख्‍नु” वा “… माथि सुवासना आउने तेल खन्याएर अर्पण गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “अभिषिक्‍त हुनु” लाई “तेलले अर्पण गरिनु” वा “नियुक्‍त हुनु” वा “अर्पण गरिनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही सन्दर्भहरूमा “अर्पण गर्नु” लाई “नियुक्‍त गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “अभिषिक्‍त पूजाहारी” जस्ता पदावलीलाई “तेलद्वारा अर्पण गरिएको पूजाहारी” वा “तेल खन्याइएर अलग गरिएको पूजाहारी” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, अर्पण गर्नु, प्रधान पूजाहारी, यहूदीहरूका राजा, पूजाहारी, पूजाहारीको पद, अगमवक्‍ता, भविष्यवाणी, भविष्यवाणी गर्नु, दर्शी, अगमवादिनी)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०२:२०-२१
  • १ यूहन्‍ना ०२:२७-२९
  • १ शमूएल १६:२-३
  • प्रेरित ०४:२७-२८
  • आमोस ०६:५-६
  • प्रस्थान २९:५-७
  • याकूब ०५:१३-१५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0047, H0430, H1101, H1878, H3323, H4397, H4398, H4473, H4886, H4888, H4899, H5480, H8136, G00320, G02180, G07430, G14720, G20250, G34620, G55450, G55480