ne_tw/bible/kt/amen.md

4.1 KiB

आमेन, साँच्‍चै

परिभाषा:

“आमेन” व्यक्‍तिले भनेको कुरोलाई जोड दिन वा त्यसमा ध्यान खिँच्‍न प्रयोग गरिने शब्द हो । येशूले यसको प्रयोग गर्नुहुँदा यसलाई अक्सर “साँच्‍चै” भनी अनुवाद गरिएको छ ।

  • प्रार्थनाको अन्त्यमा “आमेन” शब्दलाई प्रयोग गर्दा यसले त्यो प्रार्थनासित सहमति गरेको तथ्यलाई व्यक्‍त गर्छ वा त्यो प्रार्थना पुरा होस् भन्‍ने इच्छालाई व्यक्‍त गर्छ ।
  • आफ्नो शिक्षामा येशूले आफूले भन्‍नुभएको कुरोलाई जोड दिन “आमेन” शब्दको प्रयोग गर्नुभयो । येशूले भर्खरै भन्‍नुभएको कुरासित सम्बन्धित अर्को नयाँ शिक्षालाई परिचित गराउन उहाँले “तर म तिमीहरूलाई भन्दछु” भनी सुरु गर्नुहुन्थ्यो ।
  • केही अङ्ग्रेजी अनुवादहरूले यसलाई “साँच्‍चै” भनी अनुवाद गर्छन् । भनिँदै गरिएको कुरो वास्तविक वा साँचो छ भनी जोड दिन यसको प्रयोग गरिन्छ ।

अनुवादका लागि सुझावहरूः

  • भनिएको कुरोलाई जोड दिन अनुवाद गरिएको भाषामा विशेष शब्द वा पदावली छ या छैन भनी विचार गर्नुहोस् ।
  • कुनै कुरोलाई जोड दिन वा प्रार्थनाको अन्त्यमा “आमेन” शब्दको प्रयोग गर्दा यसलाई “यस्तै होस्” वा “यो हुन आओस्” वा “यो साँचो हो” भनी अनुवाद गर्न सकिन्छ ।
  • येशूले “साँच्‍चै म तिमीहरूलाई भन्दछु” भनी बताउनुहुँदा यसलाई “म तिमीहरूलाई इमान्दारीपूर्वक भन्दछु” वा “त्यो साँचो हो र म पनि तिमीहरूलाई भन्दछु” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “साँचो, साँचो म तिमीहरूलाई भन्दछु” लाई “म तिमीहरूलाई ज्यादै इमान्दारीपूर्वक यो बताउँछु” वा “म तिमीहरूलाई ज्यादै निष्कपटतासाथ यो बताउँछु” वा “मैले तिमीहरूलाई भनिरहेको कुरो साँचो छ” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः पुरा गर्नु, सत्य, सत्यता)

बाइबलका सन्दर्भहरूः

  • व्यवस्था २७:१५
  • यूहन्‍ना ०५:१९-२०
  • यहूदा ०१:२४-२५
  • मत्ती २६:३३-३५
  • फिलेमोन ०१:२३-२५
  • प्रकाश २२:२०-२१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0543, G02810