ne_tw/bible/kt/almighty.md

3.0 KiB

सर्वशक्‍तिमान्

तथ्यहरु:

“सर्वशक्‍तिमान्” शब्दको शाब्दिक अर्थ हुन्छः "सर्वशक्‍तिशाली" । बाइबलमा यस शब्दले सधैँ परमेश्‍वरलाई जनाउँछ ।

  • उपाधीहरू “सर्वशक्‍तिमान्” वा “सर्वशक्‍तिशाली जन” ले परमेश्‍वरलाई जनाउँछन् र हरेक कुरोमाथि उहाँसित पूर्ण अधिकार र शक्‍ति छ भनी प्रकट गर्छन् ।
  • “सर्वशक्‍तिमान् परमेश्‍वर” वा “परमेश्‍वर सर्वशक्‍तिमान्” वा “सर्वशक्‍तिमान् परमप्रभु” वा “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर” भन्‍नेजस्ता उपाधिहरूमा परमेश्‍वरको बयान गर्न पनि यस शब्दको प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

  • यस शब्दलाई “सर्वशक्‍तिशाली” वा “पूर्णतः शक्‍तिशाली जन” वा “परमेश्‍वर जो पूर्णतः शक्‍तिशाली हुनुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर” लाई “परमेश्‍वर जो शक्‍तिशाली शासक हुनुहुन्छ” वा “शक्‍तिशाली सार्वभौम परमेश्‍वर” वा “शक्‍तिशाली परमेश्‍वर जो हरेक थोकको मालिक हुनुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः परमेश्‍वर, प्रभु, मालिक, गुरु, शक्‍ति, शक्‍तिहरू)

बाइबलका सन्दर्भहरूः

  • प्रस्थान ०६:२-५
  • उत्पत्ति १७:१-२
  • उत्पत्ति ३५:११-१३
  • अय्यूब ०८:१-३
  • गन्ती २४:१५-१६
  • प्रकाश ०१:७-८
  • रूथ ०१:१९-२१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7706, G38410