26 lines
2.6 KiB
Markdown
26 lines
2.6 KiB
Markdown
# उज्जियाह, अजर्याह
|
|
|
|
## परिभाषा:
|
|
|
|
८०० ख्रीष्टपूर्वतिर १६ वर्षको उमेरमा उज्जियाह यहूदाका राजा बने । तिनले यरूशलेममा ५२ वर्ष राज्य गरे, जुन असाधारण रूपमा लामो शासन थियो । उज्जियाहलाई “अजर्याह” भनेर पनि चिनिन्थ्यो ।
|
|
|
|
* आफ्नो सङ्गठित र दक्ष सेनाका लागि राजा उज्जियाह प्रसिद्ध थिए । सहरको सुरक्षाको निम्ति तिनले धरहराहरू बनाउन लगाएका थिए, र काँडहरूसाथै ठुला-ठुला ढुङ्गाहरू हान्न ती धरहराहरूमा विशेष किसिमले तयार पारिएका हातहतियारहरू पनि थुपारेका थिए ।
|
|
* जबसम्म उज्जियाहले प्रभुको सेवा गरे तबसम्म तिनको उन्नति भइरह्यो । तर तिनको शासनको अन्त्यतिर तिनी घमन्डी बने र मन्दिरमा धूप बाली तिनले प्रभुको आज्ञा उल्लङ्घन गरे किनकि त्यो काम पूजाहारीले मात्र गर्न सक्थ्यो ।
|
|
* यही पापको कारणले गर्दा उज्जियाहलाई कुष्ठरोग लाग्यो, र आफ्नो शासनको अन्त्यसम्म तिनी अरू मानिसहरूबाट अलग्गै बस्नुपर्यो ।
|
|
|
|
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
|
|
|
(हेर्नुहोस्ः यहूदा, राजा, कुष्ठरोग, राज्य, हेर्ने पर्खाल)
|
|
|
|
## बाइबलका सन्दर्भहरू:
|
|
|
|
* २ राजा १४ः२१
|
|
* आमोस १ः१
|
|
* होसे १ः१
|
|
* यशैया ६ः१-२
|
|
* मत्ती १:७-८
|
|
|
|
## शब्द तथ्याङ्क:
|
|
|
|
* स्ट्रोंग्स: H5818, H5838, H5839
|