ne_tw/bible/names/uriah.md

31 lines
2.8 KiB
Markdown

# उरियाह
## परिभाषा:
उरियाह एक धर्मी मानिस र राजा दाऊदका उत्कृष्‍ट सिपाहीहरूमध्ये एक थिए । उसलाई अक्सर "उरियाह हित्ती" भनेर चिनिन्छ।
* उरियाहकी बतशेबा नाउँ गरेकी एक सुन्दर पत्‍नी थिइन् ।
* दाऊदले उरियाहकी पत्‍नी बतशेबासित व्यभिचार गरे, र उनले दाऊदको बच्‍चा बोकिन् ।
* आफ्नो पापलाई ढाक्‍न दाऊदले उरियाहलाई युद्धमा मार्न लगाए । त्यसपछि दाऊदले बतशेबासित बिहे गरे ।
* राजा आहाजको समयमा उरिया नाउँ गारेका अर्का मानिस पुजारी थिए ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः आहाज, बतशेबा, दाऊद, हित्ती)
## बाइबलका सन्‍दर्भहरू:
* १ राजा १५ः५
* २ शामुयल ११ः३
* २ शामुयल ११ः२६-२७
* नेहेम्या ३ः४
## बाइबलका कथाहरूबाट उदाहरणहरू:
* (१७ः१२) उरियाह नाउँ गरेका बतशेबाका पति दाऊदका उत्‍कृष्‍ट सिपाहीहरूमध्ये एक थिए । दाऊदले उरियाहलाई युद्धबाट बोलाए र आफ्नी पत्‍नीकहाँ जान आज्ञा गरे । तर बाँकी सिपाहीहरू युद्धमा नै भएकाले उरियाहले घर जान इन्कार गरे । त्यसैले, दाऊदले उरियाहलाई युद्धमा फिर्ता पठाए, र तिनी मारिऊन् भनेर तिनलाई शत्रुहरूको पक्‍कड रहेको क्षेत्रमा राख्‍न सेनापतिलाई आज्ञा दिए ।
* (१७ः१३) उरियाह मारिएपछि दाऊदले बतशेबासित बिहे गरे ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0223, G37740