ne_tw/bible/names/tyre.md

27 lines
2.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# टुरोस
## तथ्यहरूः
टुरोस भूमध्य सागरको तटमा अवस्थित प्राचीन कनानी सहर थियो, जुन आधुनिक लेबनान देश क्षेत्रमा पर्छ । यसका बासिन्दाहरूलाई "टुरोसीहरू" भनिन्थ्यो ।
* सहरको केही भागचाहिँ मुख्य भुमिबाट करिब एक किलोमिटर टाढा रहेको समुन्द्रको एउटा टापुमा अवस्थित थियो ।
* यसको अवस्थिति र देवदारुजस्ता मूल्यवान् स्रोतहरूको कारणले टुरोस सहर एउटा समृद्ध व्यापारिक उद्योगको हिस्सा र निकै धनी सहर थियो ।
* टुरोसका राजा हिरामले राजा दाऊदको लागि दरबार निर्माण गर्न देवदारुका रूखहरू र दक्ष कामदारहरू पठाए ।
* वषाैँपछि, हिरामले पनि मन्दिर निर्माणमा सहायता गर्न राजा सोलोमनलाई काठ र दक्ष कामदारहरू पठाए । सोलोमनले उनलाई ठुलो मात्रामा गहुँ र जैतूनको तेल दिए ।
* टुरोसलाई अक्सर नजिकैको प्राचीन सीडोन सहरसित जोडिन्थ्यो । यी सहरहरू फोनिके भनिने कनान क्षेत्रमा सबैभन्दा महत्वपूर्ण सहरहरू थिए ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [कनान](../names/canaan.md), [देवदारु](../other/cedar.md), [इस्राएल](../kt/israel.md), [समुद्र](../names/mediterranean.md), [फोनेसिया](../names/phonecia.md), [सीदोन](../names/sidon.md))
## बाइबलका सन्‍दर्भहरूः
* [प्रेरित १२ः२०](rc://*/tn/help/act/12/20)
* [मर्कूस ३ः७-८](rc://*/tn/help/mrk/03/07)
* [मत्ती ११ः२२](rc://*/tn/help/mat/11/22)
* [मत्ती १५ः२२](rc://*/tn/help/mat/15/22)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H6865, H6876, G51830, G51840