ne_tw/bible/names/timothy.md

29 lines
2.8 KiB
Markdown

# तिमोथी
## परिभाषा:
तिमोथी लुस्‍त्राका जवान मानिस थिए, जो तिनको नगरमा पावलको सेवा-कार्यको परिणामस्वरूप ख्रीष्‍टमा ग्रहण गर्ने विश्‍वासी बने । तिनी केही मिसनरी यात्राहरूमा पावलसँगै गए र तिनले विश्‍वासीहरूका नयाँ समुदायहरूको रेखदेख गर्न मदत गरे ।
* तिनकी बज्यै लोइस र तिनकी आमा युनिस दुवै ख्रीष्‍टलाई ग्रहण गर्ने यहूदी विश्‍वासीहरू थिए । तर तिनका पिता भने ग्रिक थिए ।
* तिमोथी आंशिक रूपमा यहूदी भएकाले पावलले तिनको खतना गरे ताकि यहूदीहरूलाई चोट नपुर्‍याईकन तिनले तिनीहरूलाई भेट्न सकून् र तिनीहरूका बिचमा सेवा गर्न सकून् ।
* एल्डरहरू र पावलले तिमोथीमाथि आ-आफ्ना हात राख्‍नुका साथै प्रार्थना गरेर तिनलाई सेवा-कार्यको निम्ति औपचारिक रूपमा नियुक्‍त गरे ।
* नयाँ करारमा दुईवटा पुस्तक (१ तिमोथी र २ तिमोथी) पावलद्वारा लेखिए । स्थानीय मण्डलीहरूका जवान अगुवाको रूपमा तिमोथीलाई मार्गदर्शन दिन पावलले यी पत्रहरू लेखेका थिए ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोसः नियुक्त, विश्वास, चर्च, ग्रिक, सेवक)
## बाइबलका सन्दर्भहरूः
* १ थेसलोनिकी ३:२
* १ तिमोथी १:२
* प्रेरित १६:३
* कलस्सी १:१
* फिलेमोन १:१
* फिलिप्पी १:१
* फिलिप्पी २:१९
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G50950