ne_tw/bible/names/thessalonica.md

26 lines
2.3 KiB
Markdown

# थेसलोनिके, थेसलोनिकीहरू
## परिभाषा:
नयाँ करारको समयमा थेसलोनिके प्राचीन रोमी साम्राज्यमा माकेडोनियाको राजधानी सहर थियो । त्यस सहरमा बस्‍ने मानिसहरूलाई “थेसलोनिकीहरू” भनिन्थ्यो ।
* थेसलोनिके सहर एउटा महत्त्वपूर्ण बन्दरगाह थियो, र यो मुख्य लोकमार्गमा पनि अवस्थित थियो जसले रोमलाई रोमी साम्राज्यको बाँकी पूर्वी भागलाई जोड्ने काम गर्थ्यो ।
* आफ्नो दोस्रो मिसनरी यात्रामा पावल, सिलास र तिमोथी थेसलोनिकेमा गए । परिणामतः त्यहाँ एउटा फस्टाउने मण्डली स्थापित भयो । पछि आफ्नो तेस्रो मिसनरी यात्रामा पनि पावल यस ठाउँमा गए ।
* थेसलोनिकेमा भएका ख्रीष्‍टियानहरूलाई पावलले दुईवटा पत्र लेखे । यी दुईवटै पत्र अर्थात् १ थेसलोनिकी र २ थेसलोनिकी नयाँ करारमा समावेश छन् ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः माकेडोनिया, पावल, रोम)
## बाइबलका सन्दर्भहरूः
* १ थेसलोनिकी १:१
* २ थेसलोनिकी १:१
* २ तिमोथी ४ः ९-१०
* प्रेरित १७ः१
* फिलिप्पी ४:१४-१७
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G23310, G23320