ne_tw/bible/names/tarshish.md

26 lines
2.0 KiB
Markdown

# तर्शीश
## परिभाषा:
बाइबलीय समयमा, तर्शीश भूमध्य सागरमा अवस्थित एउटा बन्दरगाह सहर थियो तर यो कहाँ थियो भनी अज्ञात छ । साथै पुरानो करारमा तर्शीश नामका दुई फरक-फरक मानिसहरूलाई उल्लेख गरेको छ।
* तर्शीश बन्दरगाहको सहर पनि थियो । राजा सोलोमनले तर्शीशसित व्यापार गरे । बेचबिखनको लागि त्यहाँबाट ल्याइने मूल्यवान् उत्पादनहरूको आधारमा भन्‍नुपर्दा यो एउटा समृद्ध सहर थियो ।
* तर्शीश जाने जहाजमा चढेर पुरानो करारका अगमवक्‍ता योनाले परमेश्‍वरको आज्ञाबाट भाग्‍ने कोसिस गरे ।
* तर्शीश नोआका छोरा यापेतका नाति थिए ।
* तर्शीश, राजा आहाशूरसका ज्ञानी मानिसहरूमध्य एकको नाम पनि हो।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः एस्तर, येपेत, योना, निनवे फोनिके, ज्ञानी मानिस)
## बाइबलका सन्दर्भहरूः
* उत्पत्ति १०:२-५
* यशैया २ः१६
* योना १:३
* भजनसंग्रह ४८ः७
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H8659