ne_tw/bible/names/stephen.md

31 lines
2.7 KiB
Markdown

# स्तिफनस
## परिभाषा:
स्तिफनस पहिलो ख्रीष्‍टियन सहिदको रूपमा अर्थात् येशूमा विश्‍वास गरेको कारण मारिएका पहिलो व्यक्‍तिको रूपमा सम्झिन्छ । उनका जीवनबारेका तथ्यहरू प्रेरितको पुस्तकमा उल्लेख गरिएको छ ।
* स्तिफनस प्ररम्भिक मण्डलीले विधवाहरू र अन्य खाँचामा परेकाहरूलाई खाना दिएर डिकनको रूपमा सेवा गर्नलाई चुनिएका थिए ।
* केही यहूदीहरुले स्तिफनसले परमेश्‍वर र मोशाको व्यवस्थविरुद्ध बोले भनी झुटो दोष लगाए ।
* स्तिफनसले परमेश्‍वरले इस्राएलसँग गर्नुभएका कुराहरूका इतिहासबाट सुरु गरी येशू मसीहको बारेको सत्य साहसका साथ बोले ।
* यहूदी अगुवाहरू स्तिफनससँग क्रुद्ध भए र सहरबाहिर लगेर ढुङ्गाले हानेर मारे ।
* पछि पावल भनिने शाऊलले उनको मृत्युको गवाही दिए ।
* स्तिफनस मर्ने बेलामा तिनले भनेका अन्तिम शब्दहरू “प्रभु, यो पापको दोष उनीहरूविरुद्ध नलागोस्” ले पनि परिचित छन्, जसले अरूप्रति तिनको प्रेमलाई देखाउँदछ ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः नियुक्ती, पावल, डुंगा, सत्य, यरूशलेम, डिकन)
## बाइबलका खण्डहरूः
* प्रेरित ६:५
* प्रेरित ६:९
* प्रेरित ६:१०-११
* प्रेरित ६ः१२
* प्रेरित ७:५९
* प्रेरित ११:१९
* प्रेरित २२:२०
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G47360