ne_tw/bible/names/solomon.md

35 lines
5.2 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# सोलोमन
## तथ्यहरूः
सोलोमन राजा दाऊदका छोराहरूमध्येका एक जना थिए । उनको आमा बतशेबा थिइन् ।
* सोलोमन राजा हुँदा उनले चाहेका कुरा माग भनी परमेश्‍वरले भन्‍नुभयो । त्यसैले सोलोमनले मानिहरूमाथि न्यापूर्वक र राम्ररी शासन गर्नलाई बुद्धि मागे । परमेश्‍वर सोलोमनसँग प्रशन्‍न हुनुभयो र उनलाई बुद्धि र सम्पत्ति दुवै दिनुभयो ।
* सोलोमन यरूशलेममा निर्माण गरेका परमेश्‍वरको भव्य मन्दिरको निम्ति पनि प्रख्यात छन् ।
* सोलोमनले सुरुका वर्षहरूमा बुद्धिमतापूर्वक शासन गरे तापनि पछि उनले मूर्खतापूर्वक विदेशी महिलाहरूसँग विवाह गरे, र तिनीहरूका देवताहरू पुज्‍न सुरु गरे ।
* सोलोमनको बेइमानीको कारणले परमेश्‍वरले उनको मृत्युपछि इस्राएलीहरूलाई इस्राएल र यहूदा गरी दुई वटा राज्यहरूमा विभाजन गर्नुभयो । यी राज्यहरू प्रायः एक अर्कामा युद्ध गर्थे ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [बतशेबा](../names/bathsheba.md), [दाऊद](../names/david.md), [इस्राएल](../kt/israel.md), [यहूदा](../names/kingdomofjudah.md), [इस्राए राज्य](../names/kingdomofisrael.md), [मन्दिर](../kt/temple.md))
## बाइबलका खण्डहरूः
* [प्रेरित ७ः४७-५०](rc://*/tn/help/act/07/47)
* [लूका १२ः२७](rc://*/tn/help/luk/12/27)
* [मत्ती १ः७-८](rc://*/tn/help/mat/01/07)
* [मत्ती ६ः२९](rc://*/tn/help/mat/06/29)
* [मत्ती १२ः४२](rc://*/tn/help/mat/12/42)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[१७ः१४](rc://*/tn/help/obs/17/14)__ पछि दाऊद र बतशेबाका एउटा छोरो भयो, र उनीहरूले तिनका नाउँ __सोलोमन__ राखे ।
* __[१८ः१](rc://*/tn/help/obs/18/01)__धेरै वर्षपछि दाऊद मरे, र उनका छोरो __सोलोमन__ले शासन गर्न सुरु गरे । परमेश्‍वर __सोलोमन__सँग बोल्नुभयो र उनलाई सबैभन्दा बढी चाहेका कुरा माग भन्‍नुभयो । जब __सोलोमन__ले बुद्धि मागे, उहाँ तिनीसँग प्रशन्‍न हुनुभयो, र तिनलाई संसारको सबैभन्दा बढी बुद्धिमान बनाउनुभयो । __सोलोमन__ले धेरै कुराहरू सिके, र अति बुद्धिमानी न्यायकर्ता भए । परमेश्‍वरले उनलाई धैरै धनी पनि बनाउनुभयो ।
* __[१८ः२](rc://*/tn/help/obs/18/02)__ __सोलोमन__ले उनका बाबु दाऊदले परमेश्‍वरको निम्ति मन्दिर निर्माण गर्न योजना बनाएका मन्दिर यरूशलेममा बनाए ।
* __[१८ः३](rc://*/tn/help/obs/18/03)__ तर __सोलोमन__ले अन्य देशहरूका विदेशी महिलाहरूलाई प्रेम गरे । … __सोलोमन__ वृद्ध भएपछि, उनले तिनीहरूका देवताहरू पुजे ।
* __[१८ः४](rc://*/tn/help/obs/18/04)__ परमेश्‍वर __सोलोमन__सँग रिसाउनुभयो, र __सोलोमन__को बेइमानीको दण्डस्वरूप __सोलोमन__को मृत्युपछि इस्राएल राज्यलाई दुई भागमा विभाजन गर्ने प्रतिज्ञा गर्नुभयो ।
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H8010, G46720