ne_tw/bible/names/silas.md

35 lines
3.8 KiB
Markdown

# सिलास, सिल्भानस
## परिभाषा:
सिलास यरूशलेमका विश्‍वासीहरू बिच एउटा अगुवा थिए ।
* यरूशलेम मण्डलीले सिलासलाई पावल र बारनाबाससँग एन्टिओखिया सहरमा जानलाई चुनेका थिए ।
* पछि सिलास मानिसहरूलाई येशूबारे सिकाउनलाई पावलसँग अरू सहरहरूतिर पनि गए ।
* पावल र सिलासलाई फलिप्पीको झ्यालखानामा थुनिए । उनीहरू त्यहाँ हुँदा उनीहरूले परमेश्‍वरमा भरोसा गरे र उहाँलाई प्रशंसा चढाए । परमेश्‍वरले उनीहरूलाई झ्यालखानाबाट छुटाउनुभयो र झ्यालखानाको हाकिमलाई बचाउन उनीहरूलाई प्रयोग गर्नुभयो ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः यरूशलेम, पावल, शाऊल, फिलिप्पी)
## बाइबलका खण्डहरूः
* १ पत्रुस ५ः१२
* १ थेसलोनिकी  १ः१
* २ थेसलोनिकी १:१-२
* प्रेरित १५:२२
## बाइबलका कथाहरूबाट उदाहरणहरूः
* (४७ः१) एक दिन, पवल र तिनका साथी सिलास फिलिप्पी सहरमा येशूको बारे सुसमाचार घोषणा गर्न गए ।
* (४७ः२) तनले(लिडिया) पावल र सिलासलाई तिनकी घरमा निम्त्याईन्, उनीहरू तिनी र तिनका परिवारसँग बसे ।
* (४७ः३) पावल र सिलास प्रार्थना गर्ने ठाउँमा प्रायः मानिसहरूसँग भेट्थे ।
* (४७ः७) त्यसैले केटी दासकी मालिकहरूले पावल र सिलासलाई रोमी अधिकृतहरूकहाँ लगे, तिनीहरूले उनीहरूलाई पिटे र झ्यालखाना हाले ।
* (४७ः८) तिनीहरूले पावल र सिलासलाई झ्यालखानाको सबैभन्दा सुरक्षित भागमा राखे र उनीहरूका खुट्टाहरू पनि बाँधे ।
* (४७ः११) झ्यालखानाका हाकिम पावल र सिलासकहाँ डरले काँप्दै आए र भने, “मैले उद्धार पाउन के गर्नुपर्छ ?”
* (४७ः१३) अर्को दिन सहरका अगुवाहरूले पावल र सिलासलाई झ्यालखानाबाट छोडिदिए र फिलिप्पीबाट जानलाई आग्रह गरे । पावल र सिलासले लिडिया र अरू केही साथीहरूलाई भेटे र त्यो सहरबाट हिँडे ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G46090, G46100