34 lines
5.0 KiB
Markdown
34 lines
5.0 KiB
Markdown
# सामरिया, सामरी
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
सामरिया एउटा सहरको नाम र इस्राएलको उत्तरी भागको वरिपरिको क्षेत्रको हो । पश्चिममा शारोनको मैदान र पूर्वमा यर्दन नदीको बिचमा यो अवस्थित थियो ।
|
||
|
||
* पुरानो करारमा, सामरिया इस्राएलको उत्तरी राज्यको राजधानी सहर हो । पछि यस वरिपरिका क्षेत्रलाई पनि सामरिया भनियो ।
|
||
* अश्शूरीहरूले उत्तरी इस्राएल राज्यलाई जितेपछि, तिनीहरूले सामरिया सहरलाई कब्जामा लिए, र उत्तरी इस्राएलीहरूलाई त्यो क्षेत्र छोड्नलाई कर लागाए र अश्शूरको विभिन्न सहरहरूमा लगे ।
|
||
* अश्शूरीहरूले त्यहाँबाट लगिएका इस्राएलीहरूको सट्टामा बसोबास गर्नलाई सामरियामा धेरै विदेशीहरू ल्याए ।
|
||
* त्यस क्षेत्रमा नै रहेका केही इस्राएलीहरूले त्यहाँ आएका विदेशीहरूसँग विवाह गरे, र तिनीहरूका सन्तानहरूलाई सामरीहरू भनियो ।
|
||
* सामरीहरू आंशिक रूपमा मात्र यहूदीहरू भएका र तिनीहरूले अन्य देवताहरूको पूजा गरेका हुनाले यहूदीहरूले तिनीहरूलाई घृणा गर्थे ।
|
||
* नयाँ करारको समयमा सामरियाको उत्तरतिर गालील र दक्षिणतिर यहूदिया प्रदेश पर्थ्यो ।
|
||
|
||
(यो पनि हेर्नुहोस्: [अश्शूर](../names/assyria.md), [गालील](../names/galilee.md), [यहूदिया](../names/judea.md), [शारोन](../names/sharon.md), [इस्राएलको राज्य](../names/kingdomofisrael.md))
|
||
|
||
## बाइबलका खण्डहरूः
|
||
|
||
* [प्रेरित ८ः१-३](rc://*/tn/help/act/08/01)
|
||
* [प्रेरित ८ः५](rc://*/tn/help/act/08/05)
|
||
* [यूहन्ना ४ः४-५](rc://*/tn/help/jhn/04/04)
|
||
* [लूका ९ः५१-५३](rc://*/tn/help/luk/09/51)
|
||
* [लूका १०ः३३](rc://*/tn/help/luk/10/33)
|
||
|
||
## बाइलका कथाहरूबाट लिइएका उदाहरणहरूः
|
||
|
||
* __[२०ः४](rc://*/tn/help/obs/20/04)__ त्यसपछि इस्राएलको राज्य भएको ठाउँमा बस्न अश्शूरीहरूले विदेशीहरूलाई ल्याए । ती विदेशीहरूले नष्ट पारिएका सहरहरूलाई पुनः निर्माण गरे, र त्यहाँ छोडिएका इस्राएलीहरूसँग विवाह गरे । विदेशीहरूसँग बिहे गर्ने इस्राएलीहरूका सन्तानहरूलाई __सामरीहरू__ भनियो ।
|
||
* __[२७ः८](rc://*/tn/help/obs/27/08)__ “त्यो बाटो भएर आउने अर्को व्यक्ति __सामरी__ थिए । (__सामरीहरू__ अर्को राष्ट्रबाट आएका मानिसहरूसँग बिहे गर्नेहरूका सन्तानहरू थिए । __सामरीहरू__ र यहूदीहरूले एकले अर्कालाई घृणा गर्थे । )”
|
||
* __[२७ः९](rc://*/tn/help/obs/27/09)__ “त्यो __सामरी__ले ती मानिसलाई उठाएर तिनको गधामाथि राखे, र त्यसको हेरचाह गर्नलाई बाटो छेउको पाटीमा लगे ।”
|
||
* __[४५ः७](rc://*/tn/help/obs/45/07)__ तिनी (फलिप) __सामरिया__मा गए र येशूको बारे प्रचार गरे, अनि धेरै मानिसहरूले बचाइए ।
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: H8111, H8115, H8118, G45400, G45410, G45420
|