ne_tw/bible/names/rome.md

31 lines
3.2 KiB
Markdown

# रोम, रोमी
## परिभाषा:
तत्कालीन, रोम इटालीको राजधानी सहर हो ।
* येशू र प्रेरितहरूको समयमा रोम रोमी साम्राज्यको केन्द्र थियो ।
* रोमी साम्राज्यले इस्राएल लगायत भूमध्य सागरको वरिपरी रहेका सबै क्षेत्रहरूमाथि शासन गरेको थियो ।
* “रोमी” शब्दले रोमी नागरिकहरू र रोमी अधिकारीहरू लगायत रोमको सरकारले नियन्‍त्रण गरेका क्षेत्रहरूसँग सम्बन्धित कुनै थोकलाई जनाउछ ।
* प्रेरित पावल रोमको सहरमा कैदीको रूपमा लागिएका थिए, किनभने उनले येशूको बारेमा सुसमाचार प्रचार गरेका थिए ।
(हेर्नुहोस्ः पिलातस, पावल, शाऊल, शुभ खबर, सुसमाचार)
## बाइबलका खण्डहरूः
* २ तिमोथी १ः१५-१८
* प्रेरित २२:२५
* प्रेरित २८:१४
* यूहन्‍ना ११ः४८
## बाइबलका कथाहरूबाट उदाहरणहरूः
* (२३ः४) मरियमको बालक जन्माउने बेला नजिक हुँदा, हरेक तिनीहरूका पुर्खाहरूका नगरमा जनगणनाको निम्ति जानलाई रोमी सरकारले आदेश जारी गर्‍यो ।
* (३२ः६) तब येशूले भूतलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो ? उनले जवाफ दिए, “मेरो नाउँ फौज हो, किनभने हामी धेरै छौं ।” (रोमी सेनामा “लिजन” भनेको हजारौं सिपाहीहरूको एउटा समूह हुन्थ्यो । )
* (३९ः९) भोलिपल्ट बिहानै, यहूदी अगुवाहरूले येशूलाई मार्न लगाउने आशा गर्दै रोमी राज्यपाल पिलातसकहाँ लयाए ।
* (३९ः१२) रोमी सिपाहीहरूले येशूलाई कोर्रा लगाए, रजसी पोशाक पहिराइदिए, र काँडाको मुकुट लगाइदिए । तब तिनीहरूले उहाँलाई यसो भन्दै खीसी गरे, “हेर, यहूदीहरूका राजा “
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G45140, G45160