ne_tw/bible/names/rehoboam.md

31 lines
2.8 KiB
Markdown

# रहबाम
## परिभाषा:
रहबाम राजा सोलोमनमा एक छोरो थिए, र उनी सोलोमनको मृत्युपछि इस्राएल राष्‍ट्रको राजा भए ।
* जब रहबाम इस्राएलीहरूसँग अति क्रूरपूर्वक बोले, दश कुलहरूले उउको विरुद्धमा विद्रोह गरे । यसले गर्दा इस्राएल राष्‍ट्र दुई वटा राज्यमा विभाजित भयोः उत्तरमा इस्राएल राज्य, र दक्षिणमा यहूदा राज्य ।
* रहबाम उनीप्रति बफदार रहेका दुई कुलहरूले बनेको यहूदा राज्यका राजा भइरहे ।
* रहबाम याह्वेको आज्ञा पलन नगर्ने, तर झुटा देवताहरू पूज्‍ने एक दुष्‍ट राजा थिए ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः सोलोमन, यहूदा, इस्राएलको राज्य)
## बाइबलका खण्डहरूः
* १ इतिहास ३ः१०
* १ राजा ११ः४१-४३
* १ राजा १४ः२१
* मत्ती १ः७
## बाइबलका कथाहरूबाट उदाहरणहरूः
* (१८ः५) सोलोमनको मृत्युपछि उनका छोरो रहबाम राजा भए । रहबाम मूर्ख राजा थिए ।
* (१८ः६) रहबामले मूर्खतापूर्वक जवाफ दिए, तिनीहरूलाई भने, “मेरा पिताले तिमीहरूलाई कठोर काम गर्न लगाए जस्तो लाग्‍यो, तर मैले तिमीहरूलाई उनले गर्न लगाएकाभन्दा कठोर काम गर्न लगाउनेछु, र मैले उनले भन्दा अझ बढी कठोर दण्ड दिनेछु ।”
* (१८ः७) इस्राएलका दश कुलहरूले रहबामविरुद्ध विद्रोह गरे । दुई कुलहरू मात्र उनीप्रति बफदार रहे ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H7346, G44970