ne_tw/bible/names/redsea.md

2.7 KiB

नर्कटहरूको (लाल) समुन्द्र

परिभाषा:

नर्कटहरूको (लाल) समुन्द्र मिश्र र अरब बिच अवस्थित पानीको भाग थियो । यसलाई अहिले लाल समुद्र भनिन्छ ।

  • लाल समुन्द्र लामो र साँघुरो छ । यो तल र नदीभन्दा ठुलो छ, तर महासागरभन्दा सानो छ ।
  • मिश्र देशबाट भाग्दा इस्राएलीहरूले लाल समुन्द्र पार गर्नु पर्‍यो । परमेश्‍वरले आश्‍चर्यकर्म गर्नुभयो, र मानिसहरू सुख्‍खा जमिनमा हिँड्न सकून् भनेर समुद्रको पानीलाई विभाजन हुन लागउनुभयो ।
  • कनानको मुलुक यो समुद्रको उत्तरमा पर्थ्यो ।
  • यसलाई “नर्कट समुद्र” वा “नर्कटहरूले भरेको समुद्र” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः अरब, कनान, मिश्र)

बाइबलका खण्डहरूः

  • प्रेरित ७ः३५-३७
  • प्रस्‍थान १३ः१७-१८
  • यहोशू ४ः२२-२४
  • गन्‍ती १४ः२३-२५

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१२ः४) इस्राएलीहरूले मिश्री सेनाहरू आइरहेका देख्दा, तिनीहरू फारोका सेनाहरू र लाल समुद्र बिचमा फसे भन्‍ने ठाने ।
  • (१२ः५) तब परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई समुद्रतिर जानलाई आज्ञा दे ।”
  • (१३ः१) परमेश्‍वरले इस्राएलीहरूलाई लाल समुद्रभएर लानुभएपछि, उहाँले उजाडस्थानहुँदै सिनै पर्वततिर डोर्‍याउनुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3220, H5488, G20630, G22810