ne_tw/bible/names/ramoth.md

26 lines
2.1 KiB
Markdown

# रामोत
## परिभाषा:
रामोत गिलाद पर्वतको एउटा महत्त्वपूर्ण शहर थियो । यसलाई रामोत गिलाद पनि भनिन्थ्यो ।
* रामोत इस्राएलीको गाद कुलको अधिनमा थियो र यसलाई शरण-नगर नामाकरण गरिएको पनि थियो ।
* इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापातले अरामका राजा विरुद्ध रामोतमा युद्ध छेडेका थिए । त्यस युद्धमा राजा आहाब मारिएका थिए ।
* पछि राजा अहज्‍याह र राजा योरामले रामोत शहरलाई अरामका राजाबाट लिन कोसिस गरे, तर राजा योराम घाइते भए । दुवैजना येहूद्वारा मारिए र जसलाई इस्राएलको रामोतमा राजा अभिषेक गरियो ।
* रामोत गिलाद त्‍यो ठाउँ थियो जहाँ इस्राएलका राजा येहू अभिषेक भएका थिए।
(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्)
(हेर्नुहोस्ः आहाब, अहज्‍याह, आराम, गाद, यहोशापात, येहू, जोराम, यर्दन नदि, यहूदा, शरणस्‍थान)
## बाइबलका खण्डहरूः
* १ इतिहास ६ः७३
* १ राजा २२ः३
* २ इतिहास १८ः३
* २ राजा ८ः२८-२९
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H7216, H7418, H7433