ne_tw/bible/names/rahab.md

30 lines
3.2 KiB
Markdown

# राहाब
## परिभाषा:
राहाब इस्राएलीहरूले यरिहो आक्रमण गर्दा त्यस सहरमा बसोवास गर्ने एक महिला थिइन् । तिनी एक वेश्य थिइन् ।
* इस्राएलीहरूले यरिहो आक्रमण गर्नुभन्दा अगि त्यहाँको भेद लिन आएका दुईजना इस्राएलीहरूलाई राहाबले लुकाएर राखेकी थिइन् । तिनले ती गुप्‍तचरहरूलाई उम्केर इस्राएलीहरूको शिविरमा फर्कन सहायता गरेकी थिइन् ।
* इस्राएलीहरूले यरिह विनाश पार्दा राहाब याह्वे परमेश्‍वरमा विश्‍वास गर्ने भइन् अनि तिनी र तिनका परिवार बचाइएका थिए । तिनीहरू इस्राएलीहररूसँग बस्‍न आए ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः यरिहो, इस्राएल, इस्राएलीहरू, व्यव्यीचारिणी)
## बाइबलका खण्डहरूः
* हिब्रू ११ः२९-३१
* याकूब २:२५
* यहोशू २ः२१
* यहोशू ६ः१९
* मत्ती १:५
## बाइबलका कथाहरूबाट उदाहरणहरू:
* (१५ः१) त्यस सहरमा राहाब नाउँ गरेकी एक जना वेश्या बस्थीन्, जसले गुप्‍तचरहरूलाई लुकाइन्, र पछि तिनीहरूलाई उम्कनलाई सहायता गरिन् । तिनले यसो गरिन्, किनभने तिनले परमेश्‍वरमा विश्‍वास गरिन् । इस्राएलीहरूले यरिहो विनाश गर्दा तिनी र तिनका परिवारलाई सुरक्षा दिने प्रतिज्ञा तिनीहरूले गरे ।
* (१५ः५) परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले त्यो सहरका सबै थोकलाई नष्‍ट पारे । त्यो सहरमा तिनीहरूले नमारेका मानिसहरू राहाब र तिनका परिवार मात्र थिए । तिनीहरू इस्राएलीहरूका हिस्सा बने ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H7343, G44600