ne_tw/bible/names/pilate.md

36 lines
3.9 KiB
Markdown

# पिलातस
## परिभाषा:
पिलातस येशूलाई मृत्युदण्ड दिने रोमी राज्यपाल थिए ।
* पिलातास राज्यपाल भएकाले ऊसँग अपराधीलाई मृत्युदण्ड दिने अधिकार थियो ।
* यहूदी धार्मिक अगुवाहरूले पिलातासले येशूलाई क्रुसमा झुण्ड्याएको चाहे, त्यसैले येशू अपराधी हुनुहुन्छ भनी तिनीहरूले झुट बोले ।
* येशू दोषी हुनुहुन्थ्यो भन्‍ने पिलातासले महसुस गरे, तर उनी भिडदेखि डराए, त्यसैले उनले आफ्ना सिपाहीहरूलाई येशूलाई फाँसी दिन आदेश दिए ।
अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने
(हेर्नुहोस्ः रोम, रोमी, क्रुसम टाँग्‍नु, दोष, दोषी, राज्यपाल, शासन गर्नु)
## बाइबलका खण्डहरूः
* प्रेरित ०४:२७
* प्रेरित १३:२८
* लूका २३:२
* मर्कूस १५:२
* मत्ती २७:१३
* मत्ती २७:५८
## बाइबलका कथाहरूबाट उदाहरणहरूः
* (३९-०९) यहूदी अगुवाहरूले येशूलाई बिहान सबेरै रोमी राज्यपाल पिलातसकहाँ ल्याए । पिलातसले येशूलाई दोषी ठहर्‍याउनेछन्, र उहाँलाई मृत्युदण्ड दिनेछन् भनी तिनीहरूले आशा गरे । पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?”
* (३९-१०) पिलातसले भने, “सत्य के हो ?”
* (३९-११) येशूसँग कुरा गरेपछि पिलातस भीडकहाँ गए, र भने, “मैले यो मानिसमा कुनै दोष भेट्टाइन ।” तर तर यहूदी अगुवाहरू र भीड यसो भनेर चिच्‍याए, “त्यसलाई कर्समा टाँग् !” पिलातसले जवाफ दिए, “ऊ दोषी छैन ।” तर तिनीहरू अझै चर्को सोरमा चिच्‍याए । पिलातसले तेस्रो पटक पनि भने, “ऊ दोषी छैन ।”
* (३९-१२) भीडले हुलदङ्गा गर्न थाल्लान् भनी पिलातस डराए, त्यसैले उनले आफ्ना सिपाहीहरूलाई येशूलाई क्रुसमा टाँग्‍नलाई आदेश दिए ।
* (४०-०२) पिलातसले येशूका टाउकोमाथि “यहूदीहरूका राजा” भन्‍ने चिन्ह राख्‍नलाई आदेश दिए ।
* (४१-०२) पिलातसले भने, “केही सिपाहीहरू लैजाऊ, र चिहनालाई जति सक्दो सुरक्षित बनाऊ ।”
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G40910, G41940