ne_tw/bible/names/phinehas.md

27 lines
2.2 KiB
Markdown

# पीनहास
## परिभाषा:
पीनहासस पुरानो करारमा दुई मानिसहरुको नाउँ थियो ।
* एक जना इस्राएलमा झुटा देवता पूजाको तीव्र विरोध गर्ने पीनहास नाउँ गरेका पूजाहारी हारूनका नाति थिए ।
* मिद्यानी केटीहरूसँग विवाह गरेका र तिनीहरूका झुटा देवताको पूजा गरेकामा याह्वेले पठाउनुभएको दण्डबाट पीनहासले इस्राएलीहरूलाई बचाए ।
* पीनहास मिद्यानीहरूलाई विनाश पार्न धेरै पटक इस्राएली सेनाहरूसँग गएका थिए ।
* पुरानो करारमा उल्लेख गरिएका अर्का पीनहास शमूएल अगमवक्‍ताको समयमा एलीका दुष्‍ट छोराहरूमध्ये एक जना थिए ।
* पलिश्‍तीहरूले इस्राएललाई आक्रमण गरेर करारका सन्दूक कब्जा गरेर लाँदा पीनहास र होप्‍नी दुवै मारिए ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्)
(हेर्नुहोस्ः करारका सन्दूक, करार उर्दीका सन्दूक, याह्वेका सन्दूक, यर्दन नदी, मद्यान, मिद्यनी, पलिश्तीहरू, शमूएल)
## बाइबलका खण्डहरूः
* १ शामूएल ४ः४
* एज्रा ८ः२
* यहोशू २२ः१३-१४
* गन्‍ती २५ः६-७
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6372