ne_tw/bible/names/peter.md

42 lines
5.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# पत्रुस, सिमोन पत्रुस, केफास
## तथ्यहरूः
पत्रुस येशूका बाह्र चेलाहरूमध्येका एक थिए । उनी प्रारम्भिक मण्डलीका एक जना महत्त्वपूर्ण अगुवा थिए ।
* येशूले उहाँको चेला हुन बोलाउनअघि, पत्रुसको नाउँ सिमोन थियो ।
* पछि, येशूले उनलाई केफास नाउँ दिनुभयो, जसको अर्थ अरामेइक भाषामा “ढुंगा” वा “चट्टान” हुन्छ । ग्रीकमा पत्रुसको अर्थ पनि "ढुङ्गा" वा "चट्टान" नै हुन्छ ।
* परमेश्‍वरले पत्रुसद्वारा मानिसहरूलाई निको पर्ने र येशूको बारे सुसमाचार प्रचार गर्ने काम गर्नुभयो ।
* पत्रुसले सङ्गी विश्‍वासीहरूलाई उत्साह दिन र सिकाउनलाई लेखेका नयाँ करारका दुई वटा पुस्तकहरू उनका पत्रहरू हुन् ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [चेला](../kt/disciple.md), [प्रेरित](../kt/apostle.md))
## बाइबलका खण्डहरूः
* [प्रेरित ८ः२५](rc://*/tn/help/act/08/25)
* [गलाती २ः६-८](rc://*/tn/help/gal/02/06)
* [गलाती २ः१२](rc://*/tn/help/gal/02/12)
* [लूका २२ः५८](rc://*/tn/help/luk/22/58)
* [मर्कूस ३ः१६](rc://*/tn/help/mrk/03/16)
* [मत्ती ४ः१८-२०](rc://*/tn/help/mat/04/18)
* [मत्ती ८ः१४](rc://*/tn/help/mat/08/14)
* [मत्ती १४ः३०](rc://*/tn/help/mat/14/30)
* [मत्ती २६ः३३-३५](rc://*/tn/help/mat/26/33)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[२८ः९](rc://*/tn/help/obs/28/09)__ __पत्रुस__ले येशूलाई भने, “हामीले सबै थोक छोडेर तपाईंलाई पछयाएका छौँ । हाम्रो इनाम के हुनेछ ?”
* __[२९ः१](rc://*/tn/help/obs/29/01)__ एक दिन __पत्रुस__ले येशूलाई सोधे, “प्रभु, मेरो भाइले मेरोविरूद्ध पाप गर्दा मैले उसलाई कति पटक क्षमा दिनु पर्छ ? के सात पटकसम्म हो ?”
* __[31:5](rc://*/tn/help/obs/31/05)__ तब __पत्रुस__ले येशूलाई भने, “प्रभु, यदि तपाई नै हुनुहुन्छ भने, पानीमा आउन मलाई आज्ञा दिनुहोस् ।” येशूले __पत्रुस__लाई भन्‍नुभयो, “आऊ ।”
* __[३६ः१](rc://*/tn/help/obs/36/01)__ एक दिन येशूले उहाँका तीन जना चेलाहरू __पत्रुस__, याकूब र यूहन्‍नालाई उहाँसँगै लानुभयो ।
* __[३८ः९](rc://*/tn/help/obs/38/09)__ __पत्रुस__ले जवाफ दिए, “अरू सबैले तपाईंलाई त्यागे तापनि मैले तपाईंलाई त्यग्‍ने छैन ।” तब येशूले __पत्रुस__लाई भन्‍नुभयो, “शैतानले तिमीहरू सबैलाई वशमा राख्‍न चाहन्छ, तर __पत्रुस__, मैले तिम्रो निम्ति प्रर्थना गरेको छु, ताकि तिम्रो विश्‍वास नचुकोस् । तैपनि आज राती नै तिमीले मलाई चिन्दैनौ भनी भाले बास्‍नअगि नै तीन पटक इन्‍कार गर्नेछौ ।”
* __[३८ः१५](rc://*/tn/help/obs/38/15)__ जसो सिपाहीहरूले येशूलाई पक्रे, __पत्रुस__ले आफ्नो तरवार थुते, र प्रधान पुजारीका नोकरको कान काटी दिए ।
* __[४३ः११](rc://*/tn/help/obs/43/11)__ __पत्रुस__ले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरू सबैले पश्‍चताप गर्नुपर्छ, र येशू ख्रिष्‍टको नाउँमा बप्‍तिस्‍मा लिनुपर्छ, ताकि परमेश्‍वरले तपाईंहरूका सबै पापहरू क्षमा गर्नुभएको होस् ।”
* __[४४ः८](rc://*/tn/help/obs/44/08)__ __पत्रुस__ले तिनीहरूलाई जवाफ दिए, “येशू मसीहको शक्‍तिले निको भएको यो मानिस तपाईंहरूको सामु खडा छ ।”
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G27860, G40740, G46130