ne_tw/bible/names/perizzite.md

25 lines
2.1 KiB
Markdown

# परिज्‍जी
## परिभाषा:
परिज्‍जीहरू इस्राएलीहरूले पलिश्‍तमा धेरै पटक भेटेका एउटा मानिस समूह थियो । यो समूहलाई तिनीहरुको परिचयसहित वा तिनीहरू कुन क्षेत्रमा बसोवास गर्थे भन्‍ने कहिल्यै उल्लेख गरिएको छैन ।
* तिनीहरुलाई न्यायकर्ताको पुस्तकमा बार-बार उल्लेख गरिएका छन् जहाँ पेरिज्‍जीहरूले इजरायलीहरूसँग अन्तरविवाह गरे र तिनीहरूका झुटो देवताहरूका सेवा गर्न प्रभाव पारे भनी बताइएको छ ।
* परिज्‍जीहरू फारेसीहरूभन्दा अर्कै मानिस समूह थिए । यसलाई स्पष्‍ट पार्नलाई नाउँहरूलाई फरक तवरले उच्‍चारण गर्नु आवश्यक हुनसक्छ (तर नेपाली यसो गर्न आवश्यक छैन किनभने दुवैको उच्‍चारण स्पष्‍ट रूपा फरक नै छ) ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः कनान, झूटा देवता)
## बाइबलका खण्डहरूः
* १ राजा ९ः२०-२१
* २ इतिहास ८ः७-८
* प्रस्‍थान ३ः१६-१८
* उत्पत्ति १३:५-७
* यहोशू ३ः९-११
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6522