ne_tw/bible/names/paran.md

27 lines
2.0 KiB
Markdown

# पारान
## परिभाषा:
पारानको मरुभूमि मिश्रको पूर्वी र कनानको दक्षिणी क्षेत्र थियो । त्यहाँ पारान पर्वत पनि थियो जुन सिनै पर्वतको अर्को नाउँ पनि हुनसक्छ ।
* साराहले अब्राहामलाई हागार र उनको छोरा इस्माएललाई पठाइदिन आदेश दिएपछि उनीहरू पारानको मरुभूमिमा गएर बसे ।
* मोशाले इस्राएलीहरुलाई मिश्रबाट लिएर आउँदा, तिनीहरु पारानको मरुभूमि भएर आए ।
* पारानको मरुभूमिको कादेशबाट कनानको भेद पत्ता लगाउन र प्रतिवेदन ल्याउनलाई मोशाले बाह्र जना गुप्‍तचरहरू पठाएका थिए ।
* जीनको मरुभूमि सायद पारानको मरुभूमिको ठुलो हिस्सा थियो ।
(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः कादेश, सीनै, सीनै पर्वत, मिश्र, मिश्री, कनान, कनानी)
## बाइबलका खण्डहरूः
* १ राजा ११ः१८
* १ शामूएल २५ः१
* उत्‍पत्ति २१ः१९-२१
* गन्‍ती १०ः११-१३
* गन्‍ती १३ः३-४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0364, H6290