27 lines
3.2 KiB
Markdown
27 lines
3.2 KiB
Markdown
# ओबदिया
|
|
|
|
## परिभाषा:
|
|
|
|
ओबदिया पुरानो करारका एक अगमवक्ता थिए जसले एदोमका मानिसहरू विरुद्ध अगमवाणि गरेका थिए, जो एसावका सन्तान थिए। पुरानो करारमा ओवेदिया नाउँ भएका अरू धेरै मानिसहरू पनि थिए।
|
|
|
|
* ओबदियाको पुस्तक पुरानो करारको सबैभन्दा छोटो पुस्तक हो र ओबदियाले परमेश्वरबाट दर्शनद्वारा प्राप्त गरेको अगमवाणि बताएका छन्।
|
|
* ओबदिया कहिले बाचेँ र अगमवाणि गरे यो प्रष्ट छैन। योराम, अहज्याह, योआश र अतल्याहले यहूदामा शासन गरेको युगहरूमा भएको हुन सक्छ। अगमवक्ताहरू दानिएल, इजकिएल र यर्मियाले पनि यस समयमा अगमवाणि गरिरहेका थिए।
|
|
* ओबदिया राजा सिदकियाहको शासनकाल र बेबिलोनी कैदको समयमा वा पछिको अवधिमा बाँचेका हुन सक्छन्।
|
|
* ओबदिया नाउँ भएका अन्य मानिसहरूमा सौँका सन्तान थिए; एक गादी जो दाऊदका मानिसहरू मध्ये एक बने, राजा आहाबको लागि दरबार प्रशासन, राजा यहोशापातका एक अधिकारी, राजा योशियाहको समयमा मन्दिरको मर्मतमा मदत गर्ने एक व्यक्ति, र एक लेवी जो नहेम्कोयाहको समयमा द्वारपाल पनि थिए
|
|
* यो हुनसक्छ कि, ओबदियाको पुस्तकको लेखक यी मानिसहरू मध्ये एक थिए।
|
|
|
|
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
|
|
|
(हेर्नुहोस्ः आहाब, बेबिलोन, दाऊद, एदोम, एसाव, इजकिएल,दानिएल, गाद, यहोशापात, योशीयाह, लेवी, शाऊल (पु.क), सिदकियाह)
|
|
|
|
## बाइबलका सन्दर्भहरूः
|
|
|
|
* १ इतिहास ३ः२१
|
|
* १ इतिहास ८ः३८-४०
|
|
* एज्रा ८ः८-११
|
|
* ओबदिया १ः२
|
|
|
|
## शब्द तथ्याङ्क:
|
|
|
|
* स्ट्रोंग्स: H5662
|